आयरल्यान्ड छाडेर पात टिप्दै हिड्ने मिनाको कथा: नेपाली पातको डिजाइनमा युरोपको डलर फलाउँदै (भिडियो सहित)

एउटा भर्खरकी विदेश पढेर आएकी युवती, जो कैची र झोला बोकेर बन पाखामा पात खोज्न चहार्दै हिड्दा नेपाली समाजका लागि अचम्मको विषय त बन्ने नै भयो । तर यसरी बन पाखामा हिड्नु मिना गुरुङको रहर मात्र होइन भविष्य हो अनि जिन्दगी पनि ।

आयरल्याण्डबाट फेसन डिजाइनिङ गरेर फर्केकी मिना हरेक पातमा नयाँ डिजाइन देख्छिन् अनि त्यही डिजाइनलाई उतारेर विभिन्न पोशाकमा भर्छिन् । बोरा स्टुडियो नेपाल नामक कम्पनीबाट अघि बढेका उनको डिजाइनमा बनेका पोशकको माग अहिले स्वदेशमा मात्रा होइन विदेशमा झनै बढी छ ।

 नेपालमै बसेर हरियो पातमा डलर फलाउन सफल मिना गुरुङ कसरी यो यात्रामा जोडिइन् त ? हेर्नुहोस् यो कुराकानी भिडियो मार्फत्…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार