पशुपति पुगेर बर्षाले गरिन् जन्मदिनको सुरुवात

नायिका बर्षा सिवाकोटीको चैत १७ गते, मंगलबार जन्मदिन हो । आजबाट बर्षा २७ वर्षमा प्रवेश गरेकी छिन् । वर्षालाई जन्मदिनको शुभकामना !

पशुपतिको दर्शन गरेर जन्मदिनको सुरुवात गरेको बर्षाले बताइन् । ‘बिहान पशुपतिको दर्शन गरें । बेलुका परिवारसँगै बस्ने कार्यक्रम छ । दिउँसो खासै केही छैन्’, वर्थडे गर्ल बर्षाले भनिन् । बर्षा आफ्नी आमासँग राजधानीमा बस्दै आइरहेकी छिन् ।

‘नाईं नभन्नू ल २’ डेव्यु नायिका बर्षा सिवाकोटीले करिब एक दर्जन फिल्ममा अभिनय र सय बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् ।

क्युट बर्षाको पछिल्लो समय कलाकार राज कटुवाल सँग प्रेम चर्चा छ । यद्पी उनीहरुले आफुलाई मिल्ने साथीको रुपमा चिनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार