चर्चित गायक रबिन लामिछाने को घाँटी मा समस्या , केही समय गीत नगाउन डाक्टर को सल्लाह, उपचार पछि क्रमिक सुधार

लोकप्रिय गायक रबिन लामिछानेको घाटीमा समस्या देखिएको छ।केहि महिना देखि लगातार उनको घाटीमा समस्या देखिएको र डाक्टरले गीत नगाउँन आग्रह गरेका छन।

पछिल्लो समय सबैको मन मुटुमा बसेका रबिन यो बेला उक्त समयले गर्दा निकै दुखमा छन। नेपाली लोक पाराखिहरुको मन को ढुकढुकी हुन् रबिन।

प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रबिनको भोकल कनमा मासु पलाएकै कारण यो समस्या देखा परेको रबिनको उपचारमा खटिएका एक डाक्टरले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।

रबिनले आफ्नो फेसबुकमा लेखेका छन ‘घाटि मा उल्लेख्य सुधार आयको छ। तर पुर्ण रुप मा निको भैसकेको छैन। अझै केही समय गीत गाउन सक्दिन। छिट्टै पुर्ण निको भयर दिल खोलेर गीत गाउने चाहाना छ, र त्यो सङ्केत देखिसकेको छ।मेरो उपचार मा ठूलो भुमिका खेल्नु हुने Kathmandu ENT हस्पिटल , अनि डा. प्रकाश , डा. बिकाश लगायत मेरो सिघ्र स्वास्थ्य लाभ को कामना गर्नु हुने सबै सबै सुभचिन्तक हरु प्रती नतमस्तक छु।

केही समय को आराम अनि भोइस थेरापी पश्चात जबर्जस्त पुनरागमन गर्ने प्रतिबद्दता जाहेर गर्दछु। जय गीत जय सङ्गीत।’ रबिनालाई स्वास्थ्य लाभको कामना गर्दछौ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार