बढ्यो सुनको मुल्य, तोलामा कति बढ्यो त हेर्नुस्..

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएकाे छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।

हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएकाे चाँदीकाे भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार