आखिर यी छोरा ले के गरे ? आमाले भनिन :‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अ न्धो हुनुपर्छ(भिडियो)

काठमाडौ । आमाबुवाले भविष्यमा आफुलाई पनि सहयोग र हेरचाह गर्ला भन्ने आशाले आफ्ना सन्तानको पालन पोषण गर्छन । उनीहरुको भविष्यका लागि धेरै कुरा कम्प्रोमाइज गर्छन ।

उनीहरुका लागि अभिभावकले धेरै दुख सहन्छन् । तर उनी सन्तानले वृद्ध अवस्थामा आमाबुवाको संरक्षण गर्नु पर्ने बेलामा घर निकाला गर्दा ति बुवा आमालाई कति पि डा हुन्छ होला ।

जेठो छोरा डा प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेको भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गर्दै मिडिया सामु आएको खबर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

पर्वत कुश्मा वडा नम्बर ५ का स्थायी बाबु हरिकुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले आफुहरुलाई घर निकाला गरेको भन्दै न्याय माग् गर्दै सार्वजनिक भएका हुन् । उनीहरुले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर या त ना आएको जानकारी बताएका छन् ।

उनीहरुले केही दिन अघि पत्रकार सम्मेलन गरी हरी बहादुरले सानोभर्याङमा भएको सानोभर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओगटेको बताए । उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानकारी दिए । ‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने तर छोराले त्यही सम्पत्तिलाई दा बी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मु द्दा दिएको छ ।’

उनले छोराले आफुलाई डाक्टर भन्दै अंकलोजीमा पिएचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल नभएको पनि उनले सुनाए । उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओगटेको हुनाले आफुहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणार्थी भएर हिड्न परेको छ ।’–उनले भने ।

कमलादेवीले रातदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मु द्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् । उनले छोरा–छोरीलाई हुर्काएको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्–‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अ न्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा ग  र्भ मै तु हि यो  स् र कसैलाई यस्तो छोरा नदिउन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार