पर्वतको जङ्गलमा लागेको आ’गो बस्तीमा पस्यो, घर गोठ ज’लेर न’ष्ट

पर्वत-दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रबार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्ण रुपमा क्ष’ति पुगेको छ ।डाँडाकाहुँको भीरमा रहेको जङ्ग’लमा लागेको आ’गो बस्तीमा प्रवेश गरेपछि घर र गोठ ज’लेर न’ष्ट भएका हुन् ।

आ’गला’गीबाट स्थानीय शेरप्रसाद गौतम,  रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा ज’लेर न’ष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्ष’ति पुगेको छ ।

 त्यसैगरी स्थानीयका १५ वटा गोठ ज’लेर पूर्ण रुपमा क्ष’ति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी नि’रीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । घरवारविहीन भएका अहिले आफन्तकोमा आश्रम लिएर बसेका छन् । 

आ’गाला’गीबाट पूर्ण क्ष’ति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी अन्य सामान्य क्ष’ति पुगेकालाई टेण्ट र त्रिपाल वितरण गरिएको उहाँले बताउनुभयो । घ’टनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । 

आ’गला’गीबाट मानवीय क्षति नभए पनि केही पशुचौपाया म’रेका छन् । आ’गो नि’यन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घट’नास्थलमा पुगेको थियो । आ’गो राति अबेर नि’यन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार