बसन्त थापा र निशा के.सीको “सिम फांट” सार्वजनिक(भिडियो)

चर्चित संगितकार तथा गायक बसन्त थापा एबम् गायिका निशा के. सि को “सिम फांट” लाई eनेपालखबरले दियो आफ्नै युटुब च्यानलमा स्थान। खुसि ब्यक्त गर्दै लोकप्रिय सर्जक कस्तुप पन्त।

लोकदोहोरि क्षेत्रमा प्रसंसनिय कार्यहरु गर्दै लोकगित संगितकै हितमा क्रमबध्द रुपमा अगाडि बढिरहेको eनेपालखबर यति बेला देश तथा प्रदेशमा अत्याधिक लोकप्रिय बन्दै गैरहेको छ।

सामान्य अन्लाईन रोधि मार्फत पहिलो पाईला टेकेको eनेपालखबरले अनलाईन पत्रिका हुदै, लोकगीत निर्माण कार्य संगै, केहि समय अगाडि देखि eनेपाल रोधि घर अर्थात प्रत्यक्ष दोहोरी आफ्नै युटुब च्यानल मार्फत संचालन कार्य सुरु गरेको छ।लोकप्रिय गायक तथा सर्जक कस्तुप पन्तको सब्द सिर्जनामा ” सिम फांट बोलको नयां गित पनि सोहि युटुब च्यानलमा भर्खरै मात्र सार्बजनिक गरिएको छ। जस्मा चर्चित संगितकार तथा गायक बसन्त थापा एबम् गायिका निशा के. सि ले सुमधुर आवज दिएका छन्।

eनेपालखबरका संस्थापक/ अध्यक्ष राजन क्षत्रिको प्रत्यक्ष निग्राहनिमा लोकगित संगितको नितिहरु अवलम्बन गर्दै सोहि निति अनुरुप लोकगीत संगितकै हितमा क्रमश लागि परेको र परिरहेको eनेपालखबरको सफलता हेर्ने हो भने काल्पनिक ईतिहास जस्तो लाग्छ।

छोटो समयमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको eनेपालखबरको प्रत्यक्ष दोहोरी eनेपाल रोधि घरले पनि उत्तिकै दर्सकहरुको माया पाएको छ। eनेपाल रोधि घर प्रति आमदर्सकहरुको अत्याधिक रुचिलाई मध्य नजर गर्दै लोकप्रिय सर्जक कस्तुप पन्त र गायक/ गायिका ले गित eनेपालखबर कै युटुब च्यानल मार्फत सार्बजनिक गर्न आग्रह र जोड दिएका हुन्।

गाउंघर सेरोफेरोमा गायिने मौलिक झ्याउरे भाकालाई विशेष स्थान दिदै गायिका निशा के. सि ले मौलिकतामै बाधिएर संगित सिर्जना गरेकि छिन्।

निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार भएको उक्त गितको भिडियोमा लोमस शर्मा, अन्जलि अधिकारी र जेम्स बि. सि मुख्य भुमिका रहेका छन्। राजन क्षत्रि र गायिका निशा के. सि ले निर्माण गरेका ” सिम फांट” ले कत्तिको सफलता पाउछ त्यो भने हेर्नै बाकि नै छ।

बाकि भिडियो बाटै हेर्नुहोस्:-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार