भक्तपुरमा भेटिए रातो च्याउ खेती गर्ने आकाश, १ किलोकै १० हजारमा बिक्रि गरेर महिनामा कमाउछन् लाखौ रुपैयाँ( भिडियो)

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ का आकाश बाडेले पछिल्लो ३ वर्षदेखि व्यवसायिक रुपमा रातो च्याउको खेती गर्दै आएका छन् । 

उनले लगाएको यो च्याउको मूल्य भने निकै महंगो छ । जानकारहरुका अनुसार औषधीय गुण भरिपूर्ण यो रातो च्याउ नेपाली बजारमा प्रतिकिलो १० हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । 

कृषक एवं च्याउ खेती सम्बन्धी अनुसन्धानमा संलग्न आकाश बाडेका अनुसार ताजा रातो च्याउ दुई हजार र सुकाएर धुलो बनाएर तयार गरिने ९ड्राइ भनौं सुख्खा० रातो च्याउ १० हजार रुपैयाँ प्रतिकिलोमा पाइन्छ । 

‘रातो च्याउलाई जडिबुटीको राजा समेत भन्न गरिन्छ, यो क्यान्सरका विरामीलाई निकै लाभदायक छ’, उनले भने ।

 भिडिओमा हामीले रातो च्याउ खेती कसरी गर्ने रु यसको फाइदा के के छ रु अफ्ठ्यारो के के छ रु र अन्य च्याउ खेती पनि कसरी गर्ने भन्ने लगायतका जिज्ञासा मेटाउने प्रयास गरेका छौं । कृपया भिडिओ पूरा हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार