विद्यालयमा आ’गला’गी हुँदा २० बालबालिकाको मृ’त्यु

अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा गएको मङ्गलबार लागेको भि’षण आ’गला’गीमा परेर झण्डै २० जना बालबालिकाको मृ’त्यु भएको छ ।

अ’ग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्ष’ति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपे’टामा परेका थिए ।

अ’ग्नि नि’यन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताउनुभयो । तर आ’गो निकै भ’यानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन्, उहाँले भन्नुभयो ।

आ’गला’गी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी, आग’लागीको खास कारण थाहा हुन सकेको छैन । प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घट’नास्थलको निरीक्षण गर्नु भएको थियो ।

विश्व मानव विकास सूचकाँकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ । साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुईमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आग’लागीका घट’ना भइरहन्छन्, तर यति भयानक आग’लागी यसअघि भएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार