यस्ता नेपाली नागरिकले २१ अप्रिल सम्म मलेसिया नछोडे भोग्नुपर्नेछ कडा कारवाही

काठमाडौ । भ्रमण भिसामा मलेसिया गएर उतै बसेका नेपालीहरुले अब तत्काल मलेसिया छोड्नुपर्ने भएको छ । स्वदेश नफर्केर मलेसियामै बसेकाहरुलाई त्यहाँको सरकारले यही वैशाख ९ गतेसम्ममा स्वदेश फर्कन निर्देशन दिएको छ । भिजिट भिसामा मलेसिया गएर विगत एक वर्षदेखि उतै बसेकाहरु अब मलेसिया बस्न नपाउने भएका हुन् । मलेसिया नछाडेका विदेशी नागरिकलाई २१ अप्रिल अर्थात् आगामी ९ वैशाखसम्म मलेसिया छाड्न त्यहाँको सरकारले निर्देशन दिएको हो।

निर्देशन नमान्नेहरुलाई मलेसिया सरकारको अध्यागमन नियम अनुसार कारवाही गर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसामा आफ्नो देश आएका तर भिसा नवीकरण नगरेर बसेकाहरुलाई देश छोड्न भनेको हो । त्यस्ता विदेशी नागरिकलाई २१ अप्रिलसम्ममा आफ्नो देश नछाडे कडा कारबाही गर्ने चेतावनी दिएको छ।

रोजगारीको उद्देश्य लिएर भ्रमण भिषामा मलेसिया प्रवेश गरेकाहरुलाई पनि देश छोड्न भनिएको हो । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले त्यहाँको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएर स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले यस्तो चेतावनी दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार