बिवाह गर्ने भन्दै मन्दिरमा बोलाएका प्रेमीले धोका दिएपछि धरधरी रोएकी बेहुलीले गरिन यस्तो खुलासा, युवकले सिन्दुर हाल्न मन्दिरमा बोलाएर नआउनुको कारण यस्तो (भिडियो हेर्नुस्)

काठमाडौ । नायक किशोर खतिवडाले भोली विवाह गर्ने भनेपछि लक्ष्मी गदाल वेहुली बनेर भद्रकाली मन्दिरमा पुगीन् । उनले आफ्ना माइती पनि बोलाएकी थिइन् । तर किशोर फर्केर आएनन् । बेहुली बनेकी लक्ष्मी किशोर नआएपछि ४, ५ घण्टा मन्दिरमा कुरेर फर्केर गइन् । मन्दिरवाट पनि उनले किशोरलाई बारम्बार फोन गरिन् । तर किशोरले फोन उठाएनन् । किशोरले फोन नउठाएपछि उनी रुन थालिन् । उनी मन्दिरमा बेहुली बनेर गएर भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

किशोरले विश्वास तोडेर मन्दिरमा नआएपछि माइती पनि लक्ष्मीका माइती रिसाए । अब तँ संग हाम्रो सम्बन्ध सकियो भनेर दाइहरु फर्केर गएपछि लक्ष्मीले चित्त दुखाइन् । आफुले विश्वास गरेको किशोरले आफुलाई जातकै कारण धो का दिएको लक्ष्मीको भनाई छ । लक्ष्मी मात्र होइन विवाह गराउने पुरोहित पनि मन्दिरमा आइसकेका थिए । केही दिन यता नायक किशोर खतिवडा र उनको श्रीमती लक्ष्मी गदालबीचको विवादले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

३ वर्ष सम्म श्रीमान श्रीमतीका रुपमा बसेका किशोर र लक्ष्मीबीच विवाद भएपछि लक्ष्मीले सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारेमा खुलाएकी थिइन् । उनले आफु यस अघि दुई पटक ग र्भ वती भइसकेको र अहिले पनि ग र्भ वती भएको पुष्टि भएको बताएकी छन् । अघिल्लो दिन लक्ष्मी र किशोर संगै बसेर छलफल गरेका थिए । किशोरले भोली विवाह गरौंला भनेपछि वेहुली बनेर लक्ष्मी मन्दिर गएकी थिइन् । तर किशोरले अन्त्यमा जातकै कारण आफुसंग विवाह गर्न नआएको लक्ष्मीको भनाई छ ।

आफुलाई किशोरको आमा बहिनी लगायत परिवारले भने आफुसंग राम्रै कुरा गरेको लक्ष्मीको भनाई छ । तीन वर्ष संगै बस्दा किशोरले कहिल्यै जातको कुरा नल्याएको भएपनि विवाहकै कुरा आएपछि जातकै कारण किशोर पछि हटेको उनको भनाई छ । आफु दलित भएकै कारण किशोरले विवाह गर्न इन्कार गरेको हुनसक्ने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार