चर्चित बलिउड फिल्म ‘बास्तव’, ‘सिम्बा’, ‘सिंघम ’जस्तामा अभिनय गरेका बलिउड कलाकार किशोर नान्दलस्करको कोरोनाबाट मृत्यु

मुम्बई । भारतका चर्चित फिल्ममा काम गरेका कलाकार किशोर नान्दलस्करको निधन भएको छ । कोरोनाकोबाट उनको मंगलबार निधन भएको हो । किशोरका नाति अनिषले उनको मृत्युका पुष्टि गर्दै त्यसबारे खबर बाहिर ल्याएका हुन् ।

अनिषले किशोरलाई गत बुधबार कोरोनाको लक्षण देखिएपछि कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही निधन भएको बताएका छन् ।
अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । उनको अक्सिजन लेभल पनि तल झरेको थियो ।

किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । जसमा ‘बास्तव’, ‘सिम्बा’, ‘मिस देश मे गंगा रहता है’, ‘खाकी’, ‘सिंघम’ समेत पर्दछन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार