सबैको बाबा हुन्छन् हाम्रो बाबा किन छैन भन्दै छोरीले सोध्दा म र्न मनलाग्छ भन्दै श्रीमती रोएको भिडियो भाइरल भएपछि सम्पर्कमा आए यि पापि श्रीमान,यस्तो रहेछ हराउनुको खास कारण (भिडियो)

काठमाडौ । आफ्ना छोरीहरुले सबैका बाबा हुन्छन् ममी हाम्रो बाबा किन हुनुहुन्न भनेर भन्छन् भन्दै आमाले मिडियामा भनेको भिडियो हेरेपछि मलेसियामा ८ वर्षदेखि सम्पर्क विहिन भएका श्रीमान सम्पर्कमा आएका छन् ।

कान्छी छोरी ७ महिनाकी हुँदा विदेश गएका श्रीमान अहिले छोरी ८ वर्षको हुँदा सम्म पनि फर्केर आएका थिएनन् । श्रीमान मलेसियामै हराएको ८ वर्ष पछि श्रीमतीले मिडियामा आफ्ना कुरा राखेकी थिइन् । उनले छोरीहरुले बाबाको बारेमा सोध्दा आफुलाई निकै नराम्रो लाग्ने बताएकी थिइन् ।

त्यो भिडियो हेरेपछि आफुलाई श्रीमानले फोन गरे पछि महिला खुसी भएकी छन् । उनले मिडियामा मेरो कुरा सार्वजनिक नगर म अब सम्पर्क विहिन हुँदिन भनेर श्रीमतीलाई सम्झाएका थिए । उनले त्यसरी प्रशारण गरेको भिडियो पनि हटाउन आग्रह गरेका थिए ।

उनको ठुलो छोरी नै ११ वर्षको भइसकिन् । एउछा छोरी ४ र अर्की छोरी एकमा पढ्छिन् । भर्खर जन्मिएकी कान्छि छोरीलाई छोडेर मलेसिया गएका उनका श्रीमानले न पैसा पठाए न फोन सम्पर्क नै गरे । उनले आफै दुखसुख गरेर छोरी हुर्काएकी छन् ।

उनी चाहन्छिन् यदि श्रीमान आफुसंग खुसी छैनन् भने जो संग रहन चाहन्छन् उतै बसुन तर छोरीहरुको भविष्यका लागि भने साझेदारी गरुन् । उनीहरुलाई वुवा छंदा नै बुवा विहिन हुन नपरोस् । आफुले कसरी श्रीमानको खोजी गर्ने भन्ने थाहा नपाएका कारण उनले ७ वर्ष सम्म कतै खोज्न गइनन् ।

धनकुटा सासु ससुराको घरमै बस्दा पनि छोरीहरु विरामी हुँदा पनि वास्ता नगर्ने, घरमै नबस्ने गर्ने गरेकाले आफु माइत आएर बस्न थालेको बताउँछिन् । उनीहरुले बाबा छन् भन्ने महशुष गर्न पाउन भनेर अहिले उनले श्रीमानलाई सम्पर्कमा आउन आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार