चर्चित हाँस्य शृखला ‘सक्किगोनी’बाट निकालिएका कलाकार धतुरेले नयाँ शृखला बनाउँदै, जिग्री र पाँडेसँग चित्त दुखेको छ भन्दै गरे यस्तो गुनासो, हेर्नुहोस् भिडियो

काठमाडौं । हाँस्यकलाकार सिपी पुडासैनी ‘धतुरे’ ले नयाँ हाँस्य टेलिशृंखला ‘राम्रो म’ निर्माण गर्ने भएका छन् । कलाकार तथा निर्देशक सीपी पछिल्लोपटक हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा अभिनयरत् थिए ।

कान्तिपुर टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले यसअघि ‘के जमाना आ’, ‘क्या जमाना आ १’, ‘हे सिटामोल’ को लेखन तथा निर्देशन गरिसकेका छन् ।

मातापिता प्रोडक्सनको ब्यानरमा निर्माण हुने टेलिशृंखला ‘राम्रो म’ मा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का र प्रमोद खनालको अभिनय रहने जनाइएको छ ।

टेलिशृंखलाको शीर्ष गीतमा राजेशपायल राईको स्वर, प्रकाश पुञ्जको शब्द तथा शशीविक्रम थापाको संगीत छ । वैशाखको अन्तिम साता प्रसारणमा आउन लागेको यस टेलिश्रृंखला कुन टेलिभिजनबाट प्रसारण हुने भन्ने निश्चित नभइसकेको उनले बताए ।

यो टेलिशृंखला चिरञ्जीवीप्रसाद पुडासैनी युट्युब च्यानलबाट पनि हेर्न सकिने उनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार