एक रात मै श्रीमान गायब गरिदिए, श्रीमानकै चिन्तामा डिप्रेशनमा परेकी विमला को भयो यस्तो हालत (भिडियो हेर्नुस्)

दागंमा एक महिला आफ्नो श्रीमान एक वर्ष देखि हराएको भन्दै खोजीमा जुटेकी छन् । सानो सन्तान छन् श्रीमान न सा गर्ने गरेका थिए । कामका लागि भन्दै घरवाट निस्केका श्रीमान एक वर्ष देखि घर फर्केका छैनन् । छिमेकीसंग घरवाट निस्केका उनी नफर्किएपछि छिमेकीले नै उनको जिम्मा लिनुपर्ने बताउँछन् । यो दागंको घटना हो । दागंको घोराहीकी महिला श्रीमानको खोजीमा एक वर्ष देखि छन् । अहिले सम्म उनको अवस्था अहिले सम्म पत्ता लागेको छैन ।

जसको साथ लागेर श्रीमान गएका थिए छिमेकी फर्किए तर विमला नेपालीका श्रीमान टिकाराम नेपाली भने घर फर्किएनन् । श्रीमती पनि निकै विरामी छन् । श्रीमानकै चिन्तामा डिप्रेशनमा परेकी विमला औषधी खाने गरेकी छन् । श्रीमान हराएपछि श्रीमती विमलालाई ब्लड प्रेसर बढेर विरामी भएकी हुन् । स्थानिय निशान केसीले पेन्टको काम ठेक्का लिएको छु काम गर्न जाउँ भनेर लिएर गएका थिए । गएको फागुन २७ गते निशानले टिकारामलाई पेन्टको काम गर्न भन्दै लिएर गएका थिए । तर उनी २९ गते फर्किए तर टिकाराम भने फर्किएनन् ।

निशानले दाई र क्सी खा एर धानखोलाको ओढारमा पसेका थिए हामी उनलाई त्यसै छोडेर आएँ भनेर आएका थिए । त्यसपछि निशान अहिले सम्पर्क विहिन छन् । आफ्नो नातीलाई निशानको हजुरआमाले लुकाएको विमलाको आरोप छ । हजुरआमाले सुरुमा त आफ्नो नाती पनि हराएको छ भन्दै झु टो बोलेकी थिइन् । तर पछि युट्युववमा यो कुरा सार्वजनिक भएपछि नातीलाई मैले सुधार केन्द्रमा हालेको छु भनेर हजुरआमाले भनेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार