आज घट्यो सुनको मूल्य,किन्ने होइन् ?

काठमाडौं ।आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूलय आज तोलामा ४ सयले घटेको हो ।

बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज घटेर ९१ हजार ७०० मा कारोबार भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूलय पनि घटेको छ ।बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार १५ श्रपैयाले घटेर एक हजार ३२० मा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार