नेपाली महिलाको रेस्लिङ आज सम्मकै खत्रा [भिडियो हेर्नुहोस ]

महिलाहरु रिङमा भिडिरहेका छन्। दर्शकको हुटिङ बेजोड छ। ‘ह्याण्डिक्याप रेस्लिङ’ चलिरहेको छ। खेलाडीले लडाएर लक लगाउँदा एम्पाएर भुइँ ठटाउँदै भन्छन्, … वान, टू, थ्री…।’रिङ आकर्षक छ। एम्पाएर प्रोफेशनल।

खेलाडी पनि उस्तै। दर्शको हुटिङको साथ कमेन्टेटर भन्दैछन्- को होला बिजेता?माहोल रनक्क तातेको छ। कस्ले जित्ने हो दर्शकमा उत्सुकता छ। उचाल्ने, पछार्ने र उडेर हान्ने रेस्लिङका डर लाग्दो ‘स्किल’ देखाउनेक्रम जारी छ। कुटेको र कुटाइ खाएको दृश्यले दर्शकहरु नै डराउँछन्। तर, खेल अभि जारी है…।

अन्तत: खेलमा हारजित हुन्छ। अम्पाएरले जित्ने खेलाडीको हात समाएर विजेता घोषणा गर्छन्। दर्शकको हुटिङसँगै जितको ‘सेलिब्रेसन’ हुन्छ। यसरी नै तीन जोडी ‘रेस्लर’हरुको छुट्टा छुट्टै राउण्डको खेल सकिन्छ। यो बानेश्वरस्थित शान्तिनगरको एउटा घरको दृश्य हो । नेपालमा व्यावसायिक रेस्लिङ! त्यो पनि महिलाहरुको? धेरैलाई पढ्दा आश्चर्य लाग्न सक्छ। यथार्थ यही हो, नेपाली महिलाले रेस्लिङ खेल्न सुरु गरिसकेका छन्। रेस्लिङको रिङमा भिडिरहेकी भगवती खड्काले नै नेपालमा महिला रेस्लिङ सुरु गरेकी हुन्। भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार