सबैलाई सुरक्षित रहन भन्दै कोरोनाका सयौं बिरामी बचाएका डाक्टर विवेकले गरे देह त्या ग

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले देह त्या ग ग रेका छन्। दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा खटिएका ३५ वर्षीय डाक्टर विवेक रायले देह त्या ग ग रेका हुन्।

कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि विवेक निकै त ना वमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दिल्ली प्रहरीले विवेकलाई साडीको सहायताले पंखामा झु न्डि एको अ व स्थामा फेला पारेको थियो। प्रहरीले रायको कोठामा सु सा इड नो ट पनि फे ला पारेको छ।

नोटमा उनले आफूखुसी देह त्या ग ग गरेको उल्लेख गर्नुका साथै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। डा. राय पछिल्लो एक महिनादेखि कोभिड वार्डमा काम गरिरहेका थिए। भारतीय मेडिकल एसोसिएसनका पूर्व निर्देशक डा. रवी वानखेडकरले विवेक सक्षम डाक्टर भएको र उनले महामारीको समयमा सयौंको ज्यान बचाएको बताएका छन्।

‘कोरोेनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि विवेक डिप्रेसनमा गएका थिए। म हामा रीबाट आजित भएका उनले जीवन समाप्त पार्ने नि’र्णय गरे,’ डा. वानखेडकरले भनेका छन्।

यो घटनाले स्वास्थ्यकर्मीमा थप निराशा बढेको भन्दै उनले भारतमा खराब विज्ञान, खराब राजनीति र खराब शासन भएको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार