रवि लामिछानेको आक्रोशित स्ट्याटस् …

काठमाडौं ७ असार / आज सामाजिक सञ्जालमा एक समाचारले निकै राम्रो स्थान पायो । उक्त समाचार थियो न्युज २४ मा कार्यरत सञ्चारकर्मी द्वय रवि लामिछाने र दिपक बोहरा बिच झगडा भन्ने शिर्षकमा । तर समाचार प्रकाशित भएको केही समयमै सिधा कुरा जनता सँग कार्यक्रम प्रोड्युसर बोहराले स्पष्टीकरण दिइसकेका थिए ।

सञ्चारकर्मी लामिछानेको नाम जोडेर अाउने भ्रामक समाचार यो पहिलो भने चाहिँ पक्कै हैन , ‘बेलाबखत केहिन केही बिषयमा समाचार हरु आइरहँदा मौन रहेका रवि लामिछानेले यो पटक भने सहयोगको अपेक्षा गर्दै आफ्ना तर्कहरु राखेका छन् । रवि लामिछाने र दिपक बोहरा बिच एक होटलमा झडप भएको भन्ने उक्त समाचारमा लेखिएको छ । तर रवि लामिछानेले समाचार उल्लेखित होटलमा आफूहरु कहिले नगएको दाबिका साथ लेखेका छन् ।

समाचार सम्पादक सँग टेलिफोन सम्पर्क गर्न खोज्दा फोन नउठेको र आफुले फेसबुक मार्फत जानकारी दिएको बताएका छन् । त्यस्तै सिधा कुरा जनता सँग कार्यक्रम ४०० अौं भागको तयारी गरिरहेको समेत जानकारी दिएका छन् ।

यस्तो छ सञ्चारकर्मी रवि लामिछानेको स्टाटस

उहाँले मेरो फोन उठाउनु भएन।उहाँको वेबसाईटमै भएको नम्बर याहा राखेको छु। सभ्य शिष्ट भाषामा उहालाई सोधिदिनु होला,म कहिले याक एण्ड यति होटेल गए? एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सङै काम गरिरहेका कार्यक्रम प्रोडुसर मेरो प्रिय भाइ दिपक बोहरा र म बीच कुटपिट भएको उहाले कहाँ देख्नु भएछ?उहाँसग प्रमाण मागि मलाई सहयोग गरिदिनु होला।उहाले मेरो फोन उठाउनु नै भएन अहिले off गर्नु भो।हामी अर्को हप्ता कार्यक्रमको ४०० भागको तयारीसगै कार्यक्रम निर्माणमा ब्यस्त छौ। उहाँ लगायत धेरै मित्रहरु प्रत्यक दिन केही न केही लेखेर खेद्ने तयारीमा हुनुहुन्छ।यस्तै हो पत्रकारिता? उहाँहरु जस्ताको एउटा ठूलो समूह छ जो अब जिन्दगी भर खेदी रहने प्रण सहित लाग्नु भएको छ।कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखि सकेर घर गएर आफ्ना सन्तान र बा आमाको आँखामा आँखा जुदाउन कसरी सक्नुहुन्छ?छि .. यस्तो काम गरेरपनि के खानु?

अनि आर्यन तामाङ भनिने अनिल तामाङ जी.. मध्य रातमा प्रहरिको कुटाई खाएर रिपोर्टिङ गर्ने मरो रिपोर्टरलाई तपाईंले लगाउनु भएको आरोपका बारे तपाइँसङ लाईभ कुरा गर्न ४ पटक कल र म्यासेज गरि सके। न भाग्नुहोला,आज लाईभ कुरा गरौ।अथार्थ सुनेर जिब्रो टोक्ने कि हामीलाई गरेको गाली गलौज सहितका कमेन्टहरु मेट्ने,आजको कार्यक्रम पछि निर्णय लिनुहोला। #अतिभो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार