साइकल चढेर भारतीय सीमा क्षेत्रमा गस्ती गरिरहेका प्रहरीको चट्याङ लागेर मृत्यु

काठमाडौ । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक ९असई० महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुरलाई चट्याङ लागेको थियो। चट्याङले गम्भीर घाइते भएका ४७ वर्षीय ठाकुरलाई उपचारको लागि तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्याउनासाथ चिकित्सकले ठाकुरलाई मृत घोषणा गरेका थिए। भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो। हावाहुरी र भारी वर्षासँगै परेको चट्याङ ठाकुरलाई लागेको सहकर्मीले बताएका छन्। गस्तीमा खटिएका अरु प्रहरी भने सकुशल छन्।

मोरङको रतुवामाई नगपालिका निवासी ठाकुर एक महिनाअघि किचकवध प्रहरी चौकीको इन्चार्ज बनेर गएका थिए । सोमबार राति झापामा मेघ गर्जनसहित भारी वर्षा भएको थियो । गस्तीमा सँगै रहेको एक प्रहरी हवल्दार भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । पोस्टमार्टमपछि ठाकुरको शव अन्त्येष्टिका लागि परिवारलाई हस्तान्तरण गरिने थापाले जनाए ।(स्रोत ताजा खबर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार