को रोना पुष्टि भएर अस्पताल भर्ना भएका अमिताभको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले दियो यस्तो जानकारी

काठमाडौं । शनिवार को रोना पुष्टि भएपछि अस्पताल भ र्ना भएका बलिउडका कलाकार अमिताभ बच्चनको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले जानकारी सार्वजनिक गरेको छ । अमिताभको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । शनिवार अमिताभ संगै उनको परिवारका सदस्यमा को रोना पुष्टि भएको थियो ।

अमिताभको छोरा बुहारी र नातिनीमा कोनरोना पुष्टि भएको हो । अमिताभ र अभिषेख अस्पताल भ र्ना भएका छन् भने नातिनी र बुहारी ऐश्वर्या होम क्वारेन्टिनमा बसेका छन् । को रोना भा इरसबाट सं क्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा सुधारमा आएको छ।

मुम्बईको नानावटी अस्पतालमा उपचाररत अमिताभले कम्तीमा ७ दिनसम्म अस्पतालमै बस्नुपर्ने चिकित्सकले बताएका छन्। छोरा अभिषेक पनि ७ दिन अस्पतालमा बस्नेछन्।

गत शनिवार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई को रोना भा इरस पोजेटिभ देखिएको थियो। त्यसको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि देखिएको थियो। पीटिआईका अनुसार दुबैको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ।

यो पनि समाचार पढ्नुहोस

विदेशी च्यानलमा लाग्ने भनिएको क्लिन फिड साउन १ देखि लागू गर्न माग गर्दै चारवटा संघ–संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । आगामी कात्तिक ८ देखि सुरु गर्न भनेको समयलाई साउन १ देखि नै लागू गर्न जोड दिएका छन् । भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतलाई जोडेर प्रसारण गरेको सामग्रीको सन्दर्भ दिँदै ती संघ–संस्थाले मन्त्रालयमा आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।

‘यस्ता दुष्प्रचारयुक्त सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा र सदियौंदेखि दुई देशका जनताबीच रहेको आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्ने परिस्थिति पनि सिर्जना हुँदै गएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसलाई धेरै हदसम्म रोक्नका लागि पनि आगामी कात्तिक ८ देखि लागू हुने भनिएको क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् साउन १ देखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने हामी सबैको ठहर छ ।

ज्ञापनमा केबल, डीटीएच, इन्टरनेट, सामाजिक सञ्जाल, युट्युबलागत सबै डिजिटल प्लेटफर्ममा पनि क्लिन फिड हुनुपर्ने माग गरिएको छ । ‘विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेको आयात निरुत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्त्वपूर्ण कदम पनि हो,’ ज्ञापनमा भनिएको छ ।

०७३ साउन ७ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा वितरित विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । सरकारले केही महिनाअघि जारी गरेको विज्ञापन ऐनमा आगामी कात्तिक ८ देखि नेपालमा प्रसारण हुने विदेशी टीभी च्यानल क्लिन फिड हुनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार