कोरोना बाट मृत्यु भएका आफ्ना पिताको जल्दै गरेको चितामा छोरी कुदेपछि

भारतमा मंगलबार एउटा अनौठो घटना घटेको छ । भारतको राजस्थानको काडमेर जिल्लामा यो हृदयबिदारक घटना घटेको हो ।

३४ बर्षिया एक युवती कोरोना भाईरसका कारण निधन भएका आफ्ना पिताको जलिरहेको चितामा कुदेकी छिन् । राजस्थान प्रहरीका अनुसार यो घटना मंगलबार हिजो बेलुकाको हो ।

प्रहरीले ति युवतीलाई सरकारी अस्पताल पु¥याएका थिए । उनी गंभीर घाईते भएपछि थप उपचारका लागि उनलाई जोधपुर लगिएको छ ।

भारतीय संचारमाध्यमका अनुसार कोरोना बाट संक्रमित ७३ बर्षिय दामोदर दासको मंगलबार बिहान मृत्यु भएको थियो । उनका ३ छोरीहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार