ऋषि धमलाको कार्यक्रममा फेरी भयो भिडन्त !(भिडियो सहित)

पत्रकार ऋषि धमलाले प्राइम टेलीभिजन मार्फत संचालन गर्ने कार्यक्रम जनता जान्न चाहन्छन् आजभोली नेता जुधाउँने थलो बनेको छ । धमलाको कार्यक्रमको एउटा विशेषता भनेको समान चासोको विषयमा फरक मत राख्ने अतिथिहरुलाई कार्यक्रममा निम्ता गर्दछन् र उनिहरुलाई उत्तेजित बनाउँने प्रश्न गरेर आफु भने मजा मानेर हाँसेर बस्छन् ।

पछिल्लो नेपाली मिडियाका कार्यक्रमहरु युटुव भ्युजलाई आधार मानेर निर्माण हुँदै आएका छन् । जसको ज्वलन्त उदाहरण हो धमलाको कार्यक्रम जनता जान्न चाहन्छन् । प्राइम टेलीभिजन बाट प्रसारण हुने उक्त कार्यक्रमको टेलीभिजनमा खासै टिआरपी छैन तर युटुवमा भने धमलाको कार्यक्रमले राम्रो टिआरपी कमाइरहको छ ।

धमला आफैँ पनि युटुवमा धेरे बिक्ने मसला हुन् भने उनले विषयवस्तु र वक्ता छनोट पनि त्यहि कोण बाट गर्ने गरेका कारण धमलाको हमला जनता जान्न चाहन्छन् मार्फत राम्रै सँग हुने गरेको छ ।

हेरौ एक त्यस्तै भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार