के कोच प्रमोदले गल्ती गरेकै हुन् त ? भ्वाईसबाट बाहिरिए पछि सन्जु यसो भन्छिन् (हेर्नुस् भिडियो)

भ्वाइस अफ नेपाल नेपालको एकमात्र बहुचर्चित रियालिटी शो हो । हुन पनि यति चर्चित छ कि यसको प्रीमियर हेर्ने नै १ लाख माथी हुन्छन् ।

उत्कृष्ट प्रतिभा, भ्वाइसको प्लेटफर्मले गर्दा यो निकै चर्चित बनेको हो । यहाँ गयर आफ्नो प्रस्तुति राख्न लाखौ युवाको धोको हुन्छ । डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै अहिले ब्याटल राउन्ड चलिरहेको भ्वाईसमा शनिबारको प्रस्तुति आकर्षक रह्यो ।

शनिबार टिम प्रमोदको ब्याटल एकदमै आकर्षक रह्यो । दुई होनाहार उत्कृष्ट प्रस्तुतिले कोच प्रमोदलाई नकआउट राउन्डमा कसलाई लैजाने दोधारमा पारिदियो ।

ब्लाईन्ड अडिसनमा ‘घर जलेर आज खरानी भो कठै’ गीत गाएर टिम प्रमोदमा परेका रबि गहतराज र ब्लाईन्डमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी सन्जु मोक्तानको ब्याटलमा भेट भयो ।

ब्याटल यति दमदार रह्योकी कोच प्रमोदले आफ्नो असिस्टेन्ट बोलाउनै पर्‍यो । उनी जसलाई छोड्न परेपनी आफुलाई गार्हो हुने पनि बताए । आफ्नो ब्याटलको यात्रामा यो जत्तिको गार्हो ब्याटल कुनै नभएकोमा पछुतो पनि गरे ।

ब्याटलमा दुबैको प्रस्तुती रकिङ रह्यो । सबै कोचले दुबैको तारिफ गरे । तर १ जनालाई छान्नुपर्ने थियो कोच प्रमोदले । उनले सन्जुलाई स्टिल हुने आशा गर्दै रबि गहतराजलाई रोजे ।

सन्जुलाई गुमाउदा प्रमोद निकै भावुक भने पुरै प्रस्तुतिभर उनको मन राम्रो सङ खुल्न सकेन । सन्जु स्टिलमा पनि परिनन । उनी बाहिरिएपछी धेरै रोईन । उनलाई धेरैले मिस गरेका छन् ।

उनी आउट हुनु भन्दा पनि स्टिल नभएको देख्दा धेरैले गुनासो गरेका छन् । भ्वाईसले एउटा राम्रो सिङ्गरलाई गुमायो । उनै सन्जु अहिले ईन्टरभ्युमा आएकी छिन् र आफू टिममा नपरेकोमा गुनासो गरिन । हेरौ बाकी तलको भिडियोमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार