६० बर्षमाथिका र १२ वर्ष मुनिकालाई घरबाट ननिस्कन सरकारको अनुरोध

काठमाडौं, १८ साउन । सरकारले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

देशभर को रोना सं क्रमणको जो खिम बढ्दा जेष्ठ नागरिक र बालबालिकामाथि सं क्रमणको छिटो असर पर्ने निष्कर्ष निकाल्दै सरकारले यस्तो अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अन्य उमेर हककालाई पनि को रोनाको बढ्दो जो खिमप्रति सचेत बन्न आग्रह गर्नु भयो ।

यसैगरी सरकारले वीरगञ्ज र जनकपुरमा को रोना भा इरसबारे अध्ययन र समन्वय गर्न दिपेन्द्र रमण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली परिचालन गरिएको छ ।

यो समाचार पनि पढ्नुहोस, काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

निगमका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार