पर्सामा नेपाली सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा को राना सं क्रमण पुष्टि

वीरगञ्ज, १८ साउन । वीरगञ्जमा थप ७३ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा गएराति उनीहरुको को रोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि हुनेहरुमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारपनि रहेका छन् ।

सं क्रमित ७३ जनामध्ये ६१ जना पुरुष र १२ जना महिला रहेको नारायणी अस्पतालका अस्पतालका मेडिकल । जसमा १० बर्षीया किशोरीदेखि ६७ बर्षीय बृद्ध पनि रहेकी छन् । उनीहरु सबैको यसअघि सं क्रमितहरुको मास ट्रेसिङमा जोडिएको बताइएको छ ।

एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङका क्रममा साउन ८ गते देखि १७ गतेसम्म स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको रिपोर्टबाट को रोना पपुष्टि भएको अस्पतालले जनाएको छ । सं क्रमिण पुष्टि भएकाहरुमा बाराका पनि ५ जना रहेका छन् । त्यस्तैगरी अन्य सबै पर्सा जिल्लाका रहेका छन् ।

वीरगञ्जका १ नेपाली सेना, २ नेपाल प्रहरी १ पत्रकार र एक भारतीय नागरिक पनि रहेका छन् । त्यस्तैगरी ५ जना वीरगञ्ज महानगरपालिका भित्रका रहेका छन् ।

यो समाचार पनि पढ्नुहोस, काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

निगमका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार