अब नेमार बार्सिलाेना टीम संग…

एजेन्सी । अघिल्लाे सिजन स्पेनिस क्लब बार्सिलाेनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका स्टार खेलाडी नेमार फेरि बार्सिलाेना फर्कने सम्भावना बढेकाे छ ।

ब्राजिलका २७ वर्षीय स्टार खेलाडी नेमार पाँच वर्षकालागि बार्सिलोना फर्कने सम्भावना रहेकाे खेलसँग सम्बन्धित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्सेली क्लब पीएसजी रहेका नेयमारले बार्षिक ३६.८ मिलियन युरो पारिश्रमिक पाउँछन् । यदी उनी बार्सिलोना फर्किएको अवस्थामा उनले पाउने पारिश्रमिक घट्ने छ । उनलाइ बार्षिक २४ मिलियन युरो दिने प्रस्ताव गरिएकाे बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउलाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था मेट्रोले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार