को रोना सं क्रमित मन्त्रीले भेटेका थिए गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई, प्रचण्ड निवासमा पनि ६ जनालाई को रोना सं क्रमणको पुष्टी

काठमाडौं – काठमाडौंमा पनि को रोना सं क्रमितको संख्या बढ्दै गएको छ । काठमाडौंमा विशिष्ट ब्यक्तिसंग सम्बन्ध भएकाहरु को रोना सं क्रमित हुन थालेका छन् । को रोना भा इरसको सं क्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी रहेका थिए । काठमाडौंमा भएको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, सुरक्षा प्रमुख लगायत उच्च पदस्थहरु रहेको खुलेको छ । बैठमा मन्त्री यादवले प्रदेश २ को नेतृत्व गरेका थिए । बैठकपछि उनले अरु उच्च पदस्थहरुलाई पनि भेटेको बताएका छन् ।

काठमाडौंबाट फर्किएपछि यादवले को रोना परीक्षणका लागि जनकपुरमै स्वाब दिएका थिए। ‘हिजो मेरो पनि रिपोर्ट पोजेटिभ आएको छ। तर, यससँग ड राउनु पर्ने आवश्यकता छैन’, उनले भनेका छन्, ‘सर्तकता अपनाएर यसवि रुद्ध ल ड्नु पर्ने आवश्यकता छ।’ को रोना सं क्रमण पुष्टि भएपछि उनी जनकपुरमै होम आइसोलेसनमा छन्। आइतवार जनकपुर जानुअघि उनले संघीय सरकारका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए। तर यादवलाई काठमाडौंमै या जनकपुरमध्ये कहाँ को रोना सं क्रमण भएको हो भन्‍ने खुल्न सकेको छैन।

मन्त्री यादवले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्‍वर न्यौपानेसहितसँग भेटघाट गरेका थिए। त्यहाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उनी सामेल भएका थिए। त्यहाँ उपस्थित हुने क्रममा यादवसहित प्रधानमन्त्री र गृहमन्त्रीले सामूहिक फोटो पनि खिचाएका थिए। उक्त बैठकका क्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षकसँग उनले भेट गरेका थिए।

त्यसैगरि उनले काठमाडौंमै रहँदा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि बैठक गरेका थिए। त्यस बैठकमा पनि उनीसहित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु पनि सहभागी रहेको खुलेको छ। सामान्यत: एकजना व्यक्तिलाई को रोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुको पनि को रोना परीक्षण गर्ने गरिन्छ। उनको पनि कन्ट्याक्ट ट्रेसिङ प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। उनीसहित उनको मन्त्रालयका अन्य सातजना कर्मचारीलाई पनि बुधबारै साँझ को रोना पुष्टि भएको थियो।

त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई को रोना पुष्टि भएको छ। यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि को रोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो । प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई को रोना पुष्टि भएको हो। काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जो खिममा रहेकाहरुको परिक्षण बढाइन थालेको छ ।

सरकारी कार्यालय र विशिष्ट ब्यक्तिहरुको निवासमा पनि परिक्षण बढाइएको हो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा को रोना देखिएको हो। सापकोटाका अनुसार सुरक्षाकर्मीहरुलाई कोबरोना पुष्टि भए पनि प्रचण्ड परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

उनका अनुसार निवासको सुरक्षामा बाहिरी घेरामा रहेका ६ जनालाई को रोना पुष्टि भएको हो। पछिल्लो समय काठमाडौंसहित देशभर सामूहिकरुपमा बस्दै आएकाहरुलाई को रोना देखिन थालेको छ। बुधबार मात्रै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा पनि को रोना देखिएको थियो। उनले काठमाडौंमा आएर गृहमन्त्री र प्रधानमन्त्रीसहितलाई भेटेर आइतवार जनकपुर फर्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार