पुष्पा अधिकारीसँग छुटेपछि यसरी रुँ दै गए ११ बालबालिका (भिडियो हेर्नुहोस् )

काठमाडौं २२ साउन / गत साउन १२ गते सोमबार कार्टुनमा शिशु भेटिएको झुटा प्रचारप्रसार गरेपछि काठमाडौं कपन स्थित रहेको केयर बालगृह वि वादमा मुछिएसँगै ११ बालबालिकाको बुधबार उ द्धार गरिएको छ ।

एउटा अ बोध बालिकालाई देखाएर पैसा जम्मा गर्ने कुत्सित खेल भएको खुलेपछि राष्ट्रिय बालअधिकार परिषद्ले केयर बालगृहमा रहेका अरु बालबालिकाहरुको पनि उ द्धार गरेको हो । बालबालिका खोजतलास समन्वय केन्द्र, वडा कार्यालय र स्थानीय प्रहरीको रोहबरमा उनीहरुलाई उ द्धार गरिएको हो

बालगृह सञ्चालन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपनि वडामा भने दर्ता नगरिएको राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलकोे भनाइ छ ।
बालगृहका सञ्चालिका पुष्पा अधिकारीले हालै शिशु फालिएको भन्ने विषयलाई नाटकीय ढंगले प्रस्तुत गरेकोबारे र सो बालगृहमा रहेका बालबालिकाको परिवारको विवरणकाबारेमा अनुसन्धान गरिने प्र तिबद्धता धरेलको छ ।

२०७४ सालमा खोलिएको सो बालगृहमा हाल ११ जना बालिका छन् । उ द्धार गर्नेक्रममा रु वाबासी गरेका ती बालिकाहरुलाई आफ्नो अभिभावककाबारेमा कुनै जानकारी छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार