क्युट मलिका

काठमाडौँ –मोडल तथा नायिका मलिका महत पछिल्लो समय खुबै चर्चामा छिन् । हालै उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’ पछि उनको चर्चा ह्वात्तै बढेको छ ।

उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ ।

आफूलाई मन परे मात्र म्युजिक भिडियो या फिल्ममा काम गर्ने बताउने मलिका हालै ललितपुरको गोदावरीमा एक म्युजिक भिडियोमा अभिनय गर्दै गर्दा भेटिइन् । उक्त म्युजिक भिडियो केही समयमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार