मेरो मृ’त्यु पनि तिमिलाई उ’त्सव बनोस्

प्रिय प्रेमांशु !
हृदयभरिको अथाह प्रेम समेटेर यो पत्र लेख्दै छु। क्या’न्सरले बिछोडिन लागेको यो मोडमा तिमीले यो पत्र प्राप्त गर्दा म वि’लीन भइसकेकी हुनेछु। त्यसैले आज अ’न्तिम पत्र लेखेर बिदा लिँदै छु।

सम्झिएका छौ ? तिमी यसै आयौ मेरो जीवनमा। यसरी मभित्र समाहित भयौ कि तिमी र मबीचको भिन्नता पहिल्याउन सक्तिनँ। हाम्रो एकअर्काप्रतिको झुकाव समागम अस्तित्वमा परिणत भयो। म थाकेकी थिएँ, हारेकी अनि सायद झुकेकी पनि थिएँ। तिमी आयौ र त मलाई जीवनले भरिन सिकायौ। क्षण–क्षण अनि प्रतिपल बाँच्न सिकायौ।

क्या’न्सरले छि’याछि’या बनेको मेरो श’रीरलाई एउटा नयाँ ताजगी दियौ। रुग्ण बनेको मेरो मस्तिष्कमा चेतना अनि विश्वासको किरण छरिदियौ। मात्र दुई महिनाअघि पार्कको त्यो बेन्चमा म बसेकी थिएँ। सन्ध्याकालीन समयमा तिमी आयौ। तत्पश्चात् सुरु भयो, हाम्रो मन अनि चेतनाको समागम यात्रा। मैले यही नै सिकँे कि लामा वर्षहरूमा बाँच्नुभन्दा प्रत्येक नवीन पल जीवन जिउने कोसिस गर्नुपर्छ।

अहँ, मैले जीवनलाई वर्षहरूमा हेरिनँ। जति थियो, जस्तो थियो अनि जे पनि मेरो जीवनको सत्य हो, त्यसलाई नितान्त स्विकारेर अनि समेटेर बाँचेँ। सुनिरहेका छौ, प्रेमांशु ? हुन सक्छ थोरै बाँचेँ। तर जति पनि बाँचेँ, हाँसेर बाँचेँ, दिल खोलेर बाँचेँ। फक्रेर, फुलेर अनि फैलिएर पनि बाँचेँ। मेरो बाँच्नु नितान्त फैलावटको पर्याय बन्यो। साँच्चै भन्नुपर्दा, पच्चीस वर्षको पूरा जीवनमा म मात्र यही दुई महिना बाँचेँ। यसकारण म मात्र खुशी छैन। त्यो बाँच्नुको क्षण, तिमी अनि म, हामी पूरा आनन्दविभोर भएका छौँ।

तिमीले यही सोचेका थियौ कि म निको हुनेछु। अनि, हामी पूरा जीवन बाँच्नेछौँ। तर, जीवन कहाँ सोचेजस्तो हुन्छ र ? बस्, हामी जीवनप्रतिको दृष्टान्त चाहिँ रोज्न सक्छौँ। साँचो बोल ! के हामीले पूरा जीवन नै साथमा बिताउनुपर्छ र ? हामीले बाँडेका जीवनका हरेक क्षण के हाम्रा लागि पर्याप्त छैनन् र ? तिमी यसैमा खुशी अनि आनन्दित हुनू। म यसैको भरमा अस्तित्वमा विलीन हुँदै छु। एकादेशको कथा बन्दै छु।

प्रेमांशु ! म यही चाहन्छु। तिमी पूरा जीवन बाँच। जीवनबाट विमुख बनेकी मलाई जीवनप्रति अभिमुख गराएर तिमी कसरी जीवनबाट टाढा भाग्न सक्छौ र ? म गएको देख्न नसकेर आज अन्तिम समयमा तिमी कतै टाढा छौ। अनि त म यो पत्र लेख्न बाध्य छु। तिमी कदापि पनि नहारीकन, नथाकीकन अनि नझुकीकन बाँचिराख्नू, है ! सायद यही नै तिम्रो–हाम्रो प्रेमप्रति अमिट श्रद्धा’ञ्जली हुनेछ।

तिमीलाई थाहा छ ? जीवनले भरिँदै गर्दा मैले आफूसँग एक प्रतिज्ञा गरेकी थिएँ। मृत्युमा विलीन हँुदै गर्दा म मेरो सम्पूर्ण जीवन ईश्वरलाई अर्पण गर्न सकूँ। यो भन्न सकूँ कि यो उपहाररूपी जीवन इमानदारीसाथ बाँचेँ, अब यहाँमा चढाउन चाहन्छु। तिमी खुशी त छौ नि, प्रेमांशु ! म मेरो सम्पूर्ण जीवन अस्तित्वलाई अर्पेर जाँदै छु।

मेरो एउटा अन्तिम इच्छा माछौ ? सन्ध्या आरती होस्, पशुपतिनाथको आराधना होस्, बाग्मती उही गतिमा बगिरहेको होस्, बस् त्यही क्षण आर्यघाटमा चितामा मेरो शरीर स्थित होस्। कोही अरूले होइन, तिमीले मलाई मुखाग्नि दिनू। त्यस समय आनन्दविभोर भएर मेरो शरीरलाई अ’न्तिम बिदाइ दिनू। चितामा रहेको देहलाई आ’गोले आफूभित्र समाहित गर्दा त्यो एक उत्सव देखियोस्। अग्निलाई पनि गौरव अनुभूति होस्, किनकि एक छोटो सार्थक जीवन बाँचेर त्यो देह विलीन हुनेछ। मेरो अन्तिम संस्कार सार्थक जीवनको बिदाइको उत्सव बनोस्। मेरो आत्माले शरीरलाई सगौरव बिदाइ नदिएसम्म, अनि मृ’त्युलाई एक अन्तिम उत्सव नमानेसम्म पार पाउनेछैन। जसको पूरा जीवन उत्सव बन्यो, उसको मृ’त्यु कसरी उत्सवविमुख हुन सक्छ ? मेरो शेष खरानी उही बाग्मतीमा प्रवाहित गरिदिनू। म आराम चाहन्छु। यसकारण बाग्मतीले मलाई जता लानेछ, उतै जानेछु।

अनि म समय र स्थानभन्दा पर पुग्नेछु। अस्तित्वको हिस्सा म यसैमा त विलीन हुनेछु। बाचा गर, प्रेमांशु ! जीवनलाई उत्सव बनाएका तिमीले मेरो मृ’त्युलाई पनि उ’त्सव बनाउन सहयात्री बन्नेछौ।

सदा तिम्रो
मनुषी।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार