बलिन्द्र आँसु झा’र्दै भक्कानिए नेइमार…

चो टबाट निको भएर फर्किएपछिका खेलमा नेइमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । गोलसँगै गोलका लागि गरेको सहयोगका कारण उनको चर्चा सकारात्मक रुपमा हुन थालेको थियो ।

विश्लेषकहरुले सामान्य भन्दा फरक र परिपक्क नेइमार मैदानमा देखिन थालेको बताइरहेका थिए । तर आइतबार रातिको महत्वपूर्ण खेलपछि नेइमारले आँ सु था म्न सकेनन् र फ्यानहरुले अनलाईनमा उनको खेल कौशलमाथि प्रश्न उठाउन थाले ।

च्याम्पियन्स लिग फुटबलको फाइनल आइतबार राति लिस्बोनमा भयो । उपाधि जित्ने होडमा रहेको पिएसजीलाई जर्मन क्लब बार्यन म्युनिखले स्त ब्ध बनायो । १–० को जितसहित बार्यनले उपाधि जित्यो, नेइमार तथा केलिएन एमबाप्पे सहितको पिएसजीमा नि राशा छायो ।नेइमार र एमाबप्पे गोलका लागि प्रयास नगरेका होइनन्, तर उनीहरुको प्रयासले गोलको रुप लिन सकेन । बार्यन गोलरक्षक म्यानुएल नुयर समक्ष उनीहरुको केही लागेन ।

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका महंगा खेलाडी नेइमारले फ्रेन्च क्लबबाट उपाधि जित्न चाहेका थिए, बन्न चाहेका थिए युरोपियन च्याम्पियन र लिन चाहेका थिए त्यसको क्रेडिट । तर सोचे जस्तो र चाहे जस्तो भएन फाइनलको नतिजा ।

खेलपछि उत्साह र उत्वसमा थिए बार्यनका खेलाडीहरु । तर नेइमारले भ क्कानिएको मन था म्न सकेनन्, आँ सु रोक्न सकेनन् । मैदानबाट बाहिरिने क्रममा नेइमारले रो केको पी डाको बाँध फु ट्यो, देखिने गरी रो ए । सुनिने गरी रो ए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार