त्यो अन्तिम पत्रमा जसमा थियो: “म तिमीलाई छाडेर जान सक्दिन मात्रै भनेको भए मैले मर्नुपर्ने थिएन” एउटी चरीको कथा

एउटा जंगलको रुखमा गुड बनाएर एक जोडी चरा बसेका थिए । यो जोडी एक अर्का लाई अति माया गर्थे । चरी असाध्यै राम्री थिई । सँगै बसेर यो जोडि खुब प्रेमालाप गर्थे । एक दिन प्रेमा`लापकै सिलसिलामा चराले चरीलाई भन्छ :

चरा : तिमी असाध्यै राम्री छौं । म बुढो हुन लागेँ, तिमीले कतै मलाई छाडेर त जान्नौ नी रानी ?
चरी : म कतै जान खोजे छु भने तिमी मलाई छोप्नु नि त !
चरा : छोप्न त छोपौला प्रिय, तर मन उडाइ`सकेकी तिमीलाई आफ्नै बशमा राख्न नसकुला की भन्ने पीर लाग्छ ।

आफ्नो श्रीमानको यस्तो कुरा सुनेपछि चरीले आँखाभरी आँसु बनाउँछे । रोक्न खोज्दा खोज्दै चरीले आँ`सु झार्छे । उसलाई अ`सह्यै पी`डा हुन्छ । त्यसपछि चरीले आफ्ना दुबै पखेटा काटि`दिन्छे । र भन्छे अब म तिमी`लाई छाडेर कतै जान्न । त्यसपछि पनि यो जोडि हाँसिखुशी बसिरहेकै हुँन्छ । चराले हरेक दिन खानेकुरा खोजेर ल्याउँछ र दुबै मिलेर खान्छन् ।

समयले बित्दै जान्छ : एक दिन ठूलो हुरी बतास सहितको असिना पानी आउला जस्तो हुन्छ । चरीले भन्छे, ‘प्रिय तिम्रा त पखेटा छन् भाग यहाँबाट । कम्तिमा तिमी त बाँच्न सक्छौं ।’ त्यसपछि त्यो चराले चरीलाई आफ्नो ख्याल गर्नु है भनेर गुड`बाट उडेर जान्छ । यता चरीलाई चराको त्यो व्यबहार देखेर मुटु चसक्क दुख्छ । उ निक्कै बेर रु`न्छे।

हुरी बतास सहितको पानी आउँ केहि समय पछि तुफान थामीयो । चरा फर्केर गुडमा आउँछ । चरी मरि`सकेकी हुन्छे । चरीको मृ`त शरिरसँगै एउटा कागज फेला पर्छ । त्यो चराले खोलेर पढ्छ । कागजमा लेखिएको थियो ‘तपाईले म तिमीलाई छाडेर जान सक्दिन मात्रै भन्दिनु भएको भए मैले हुरी आउँनु पहिल्यै म`र्नु पर्दैनथ्यो ।’

( सामाजिक सञ्जालमा भेटिएको यो मनछुने कथा हामीले प्रस्तुत गरेका हौं।) – साङ्केतिक तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार