फेरि ह्वात्तै बढ्यो सुनको भाउ

काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो सुनकाे भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा १३ सय ७५ रुपैयाँ तोकिएको छ।कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण सुनको भाउ तोकिए पनि कारोबार भने  प्राय ठप्प छ ।

यो पनि समाचार: अण्डाको माग बढ्दो, उत्पादन भने १५ प्रतिशतले गिरावट

काठमाण्डाै – अहिले अण्डाको माग बढ्दो छ । तर मागअनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको छ।अहिले दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । तर, रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले उत्पादनमा १५ प्रतिशतले गिरावट हो । अण्डाको माग अनुसार उत्पादन नभएपछि भाउ बढेको छ । कुखुरालाई दिने दानाको मूल्य बढेकाले अण्डाको पनि भाउ बढेको सङ्घका महासचिव प्रविन केसीले बताउनुभयो ।दानाको मूल्य बढेकाले अण्डाको भाउ बढे पनि किसानले भने फाइदा लिन सकेका छैनन् ।  नेपाल कुखुराजन्य पदार्थमा आत्मनिर्भर रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार