शेख हसिनालाई प्रधानमन्त्री ओलीको फोन : ‘हामीलाई तत्कालै युरिया मल चाहिएको छ’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशकी समकक्षी शेख हसिनासँग फोन वार्ता गर्नुभएको छ ।

मङ्गलबार दिउँसाे भएकाे फोन वार्तामा प्रधानमन्त्रीले नेपाल र बङ्गलादेशको मित्रता र अन्य समसामयिक विषयमा कुराकानी गर्नुभएको हो ।

आफूले बङ्गलादेशी प्रधानमन्त्रीलाई युरिया मल नेपाललाई दिन आग्रह गरेको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएकाे छ । 

साथै बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले प्रस्ताव सकारात्मक रुपमा लिएको पनि  प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार