कुवेतमा दिउँसोको गर्मीमा काम लगाउने वि’रुद्ध उ’जु’री

काठमाण्डौ – कुवेतमा दिउँसोको समयमा श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता वि’रुद्ध उजुरी दर्ता भएका छन् । दिउँसोको समयका श्रमिकलाई काममा नलगाउने कुवेत सरकारको निर्देशन विपरीत काममा लगाएको भन्दै ६६ रोजगारदाता विरु’द्ध उजु’री दायर गरिएको गल्फ न्युजले जनाएको छ । 

दिउँसोको चर्को घाममा काम गर्दा श्रमिकको स्वास्थ्यलाई असर पर्ने भन्दै मानव अधिकारकर्मीले वि’रोध जनाउँदै आएका थिए । सरकारले नियम लागू गरे पनि केही व्यवसायीले भने सरकारको निर्देशन उल्लंघन गरेको अधिकारकर्मीले बताएका छन् । 

अत्याधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै गएको जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाएको थियो । यो नियम सडक सरसफाइ कर्मचारी, निर्माण क्षेत्रमा काम गर्ने श्रमिक र मोटरसाइकलमा डेलिभरीको काम गर्नेहरुमा लागू हुने निर्देशनमा उल्लेख छ ।  कुवेतमा ग’र्मी अत्याधिक हुने जुन, जुलाइ र अगस्ट महिनाभर यो नियम लागू हुनेछ । यो अवधिमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न रोक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार