३५ नेपालीको श’व अ’ड्कि’यो एक हजार घर फर्किन पाएनन्

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा मलेसियामा ३५ नेपालीको श’व अड्किएको छ ।सरकारले कोरोना सङ्’क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडा’न ब’न्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको श’व रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान ब’न्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताउनुभयो ।मलेसियामा विभिन्न कारणले जे’ल परेका र जे’लको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् । 

‘दिनहुँ घर फर्कन पर्नेहरूको सङ्ख्या बढ्दो छ, हामीले कम्तीमा हप्तामा एउटा भए पनि उडा’न खोलिदिनुहोस् भनेको हो, उडान नखोली स’मस्याको समाधान हुँदैन,’ राजदूत पाण्डेले भन्नुभयो ।मलेसियामा गएको वर्षजस्तो रोजगारी गुमेर अलपत्र पर्ने अवस्था छैन अहिले छैन । करार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ ।

मलेसियामा पनि पछिल्लो समय कोरोना स’ङ्क्रमण बढ्दो छ । नेपाली श्रमिक पनि सङ्क्रमित भइरहेका छन् । तर कोरोना सङ्’क्रमित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना नागरिक सहर उ’पचार गरिरहेको राजदूत पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार