दिल्ली जाँदै गरेको बस दु,र्घटना १७ जनाको मृ’त्यु

काठमाण्डाै – भारतको उत्तर प्रदेशमा गए राति भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना भन्दा धेरै घा’इते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्या’न गु’माउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् ।

उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।दु’र्घटनामा ज्या’न गु’माउनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घो’षणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्या’न गु’माएकाका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घा’इतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घो’षणा गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार