बिराटनगरमा महामारी जितेपछिको एक परिवारको अनुभव! ‘जब ८ बर्षे बच्चादेखि ७० बर्षकासम्मलाई भाइरसले समात्यो, पानी तताएर दिने समेत कोही भएन’

वैशाख मसान्त शुक्रबार को दिन श्रीमानले अलिकति घाँटी चिलायो भनेपछि तातोपानी ले कुल्ला गर्न दिएर कोठामा एक्लै बस्ने सल्लाह भयो । हामी घरमा जम्मा ४ जना छौँ । ८ वर्षको छोरा, ७० वर्षको बुबा र हामी दुई ।बुबाको कोठामा दुइटा खाट भएकोले हजुरबा नाती एक कोठामा र म वैठक कोठामा बस्ने निर्णय भयो ।

एक गते शनिबार आज हेरौं भनेर पिसिआर टेष्ट गरिएन । फेरि वडा कार्यालय बन्द भएकाले र अलग्गै बसेकोले त्यति हतार गरिएन तर घाँटी दुख्ने क्रम भने बढेर आइतबार हुदाँ श्रीमानको बोलीनै भारि भइसकेको थियो । अब भने श्रीमान श्वाव दिन जानुभयो । रिपोर्ट मंगलबार मात्रै आउने भएपनि हामीले कोविड बाट बच्नको लागि वाफ लिने गारगेल गर्ने, तुलसीको पात पकाएर खाने काम भने निरन्तर रुपमा गर्दै थियौं ।

सोमबार साँझ को खाना श्रीमानलाई कोठामा पुर्याइदिएँ बुबा, म र छोराले भान्सामा नै बसेर खाना खायौँ तर सुत्नु अगाडि नै मलाई ज्वरो आयो कसैलाई नभनि सिटामोल खाएर सुतेँ । राती बुबालाई पनि घाँटी खसखस भयो । अब रिपोर्ट पर्खनु को कुनै औचित्य थिएन ।

हामी तीन जना संक्रमित भएको अड्कल काटिसकेको थिएँ । यस बिचमा मलाई हाम्रो भन्दा धेरै ८ वर्षको को छोराको चिन्ता भयो छोरामा कुनै लक्षण देखिएको थिएन, त्यसैले उसलाई सुरक्षित स्थानमा राख्न सके सर्ने थिएन भन्ने मनमा लागेर सबै आफन्त र साथीभाइ सम्झिएँ । तर त्यो जोखिम कसले वहन गर्ने रु म भए तीनजना संक्रमित भएको घरको बच्चो राखेर जोखिम मिल्थे कि मोल्दिन थिएँ । पक्कै पनि त्यो गाह्रो कुरा हो त्यसैले कसैलाई भन्ने आँट गरिन ।

मंगलबार श्रीमानको रिपोर्ट आयो पोजेटिभ । मंगलबार बाट फेरि छोरालाई बैठक कोठामा सारेँ । म स्टोर जस्तो कोठा थियो त्यहि एउटा खाटमा सुतेँ । बुधबार हामी तीन जना बुबा ,छोरा र म बेग्लाबेग्लै साधनमा चडेर पिसिआर गर्न गयौँ । जम्मा ४ जनाको परिवार चार कोठामा बस्यौँ । छोरो कहिल्यै एक कोठामा एक्लै नसुतेकाले उसले बुधबार बेलुका मामु हजुर मसँग सुत्न मिल्दैन भने हजुरको सल दिनुन म छेउमा राखेर सुत्छु मलाई राती एक्लै साह्रै डर लाग्यो भन्यो, त्यो दिन कोविडको भन्दा ज्यादा पीडा त्यो शब्दले दियो ।

बिहीबार हामी तीन जनाकै रिपोर्ट आयो पोजेटिभ । मलाई ज्वरो आउँथ्यो, बुबा र श्रीमामलाई धेरै खोकी लागिरहेको थियो । छोरालाई बान्ता र ज्वरो यो एक हप्ताको त ना ब कसैलाई सुनाएकी थिइन । अब पीडाको सिमा थिएन ,अब भने छिमेकी लाई दूध र अत्यावश्यक सामग्रीको का लागि अनुरोध गरेँ । यो कस्तो पा पी रोग रहेछ , धेरै खोक्न थालेपछि छिमेकीले दह्रो गरी झ्याल लगाउनु पर्ने, हामी चार जना मध्ये छोरालाई खोकी लागेन तर हामी तीन जना भने निकै नराम्रो सँग ग्रसित भयौँ ।

हुन त छर छिमेकी को सहयोगको खाँचो भएन । गेट सम्म आएर अवस्थाको जानकारी लिने सागसब्जी केलाएर पकाउन ठिक्क पारेको पनि ल्याइदिनु भयो ।त्यो पनि पकाएर खाने र खुवाउने तागत ममा सकिदै थियो । म आफू पनि उच्च र क्त चा प को औषधि सेवन गर्ने साथमा संक्रमित सिटामोल को सहारामा भित्ता समाउदै तीन कोठामा खाना पुर्याउनु, गारगेल गर्ने पानी, घरेलु औषधी पकाएको पानी, आफुलाई समालिन एकदमै गार्हो थियो ।

कोविडको एक डोज खोप लगाएको हुनाले म रि दै न भन्ने आत्मविश्वास थियो । हामीमा बाँकी छोराको चिन्ता ऊ अब थकित मात्र थियो । ज्वरोले छोडेको थियो । यसले पूर्ण परिवार ठिक हुन्छौँ । भन्ने विश्वास भने कहिले डगमगाएन, डाक्टर को सल्लाह दिनै पिच्छे लिने र चारैजनाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउथेँ ।

एक दिन बुबाको प्रेसर बडेर १८०/१०० भयो । तुरुन्त डाक्टरलाई फोन गरेँ । डाक्टर को सल्लाह अनुसार मैले खाने गरेको औषधि खुवाएँ । प्रेसर त कम भयो तर अवस्था झन झन जटिल बन्दै गयो अब भने बुबालाई अस्पताल लैजानु पर्ने भयो श्रीमानको पनि बुबालाई सरकारी अस्पताल लगेर पालो कुरेर जचाउन सक्ने अवस्था थिएन ,खोकी कम भएपनि जिऊ दुखेर उभिन गार्हो थियो ।

एउटा निजि क्लिनिकमा निकै अनुनयविनय पछि ल्याउन भनेपछि बुबालाई लग्यौ । डाक्टरलाई देखाएर एक्सरे गर्दा कोविड निमोनियाको भइसकेको रहेछ । डाक्टर ले दिएको औषधि लिएर आउँदा अक्सिजन लेवल घटेर ९३ मा आएको थियो । घरमा नै अक्सिजन बढाउने माध्यम डाक्टर ले नै सिकाए बमोजिम गरेर निरन्तर स्वासप्रस्वास को ब्यायम यसरी बुबाको स्वास्थ्य स्तिथि सुधार हुँदै आएको छ ।

यसरी हाम्रो परिवार आज २४ दिन देखि निरन्तर कोविडको चपेटाबाट ग्रसित भएर अब भने खतरा मुक्त भयौं । अब पूर्ण रुपमा स्वास्थ्य भएर दैनिक क्रियाकलापमा सक्रिय हुने आसमा छौँ । यसरी लक्षण देखिएको दिन देखि नै उच्च सावधानी, उच्च मनोबल र निरन्तर डाक्टर को सल्लाह लिनाले कोविडलाई हाम्रो परिवार ले परास्त गरे झैं परास्त गर्न सकिने रहेछ ।

यसरी आठ वर्षको बच्चा देखि ७० वर्षको वृद्ध बुबा लगायत हामी सबैले कोबिडलाई जित्न सफल भयौँ । तर अत्यन्त कठिन र पी डा दायी भएकोले सुरक्षित बसौँ । रोग लागेपछि उपचार गर्नु भन्दा रोगलाई लाग्नै नदिनु राम्रो भन्ने वाक्यांश लाई सधैं सम्झिऔँ । यो हाम्रो परिवारको तर्फबाट यहाँहरुलाई अनुभव र अनुरोध बाड्न चाहेँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार