कति आम्दानी हुनेले कस्तो कार किन्ने ? यसरी गर्नुस् हिसाव

काठमाडौं । एउटा राम्रो घर र आफ्नो गन्तब्यमा पुग्न कार किन्ने सबैले सोच र रहर बनाएका हुन्छन् । रहर र सोचले मात्र सवारी साधन, त्यसमा पनी कार किन्न सकिन्छ भन्ने हुँदैन । त्यसैले सक्नेले कार किन्छन् भने नसक्नेले बाइक तथा स्कुटर भनेपनि प्रयोग गर्छन् । 

कति मानिसहरु आफ्नो आम्दानीको हिसाव गर्न नजान्दा कुन सवारी साधन किन्ने भन्ने बिषयमा अलमलमा परेका हुन्छन् । अव तपाई पनि कार किन्दै हुनुहुन्छ भने यस्तो कुरामा आम्दानीको हिसाव गर्नुहोस् र कार खरिद गर्नुहोस् । तपाईंले गर्ने भुक्तानी, तपाईको व्यापार र सवारी कर्जा, ब्याज दरहरू र सर्तहरू कसरी तपाईले खर्च गर्ने र त्यसले आफ्नो अन्य कामलाई कसरी असर गर्छ हेरेर निर्णय गर्नुस् । तपाईंले कार खरिद गर्दा आफ्नो कमाइको कति खर्च गर्नुपर्छ भन्ने कुरा बुझनु पर्छ । कारमा आफ्नो कुल वार्षिक आयको १० देखि ३५ प्रतिशत भन्दा बढी खर्च गर्नु हुँदैन । 

कार किन्ने सोच बनाउँदै हुनुहुन्छ भने, सवैभन्दा पहिला आफ्नो व्यक्तिगत कमाईको आँकलन गर्नु पर्छ । त्यसपछि तपाईं कति खर्चगर्न सक्नुहुन्छ भन्ने कुरा थाहाहुन्छ ।तपाईंको कार किन्न सक्ने क्षमता क्यालकुलेटरमा हिसाव गरेर निकाल्नुस् त्यसको लागि थु्रपै किसिमका क्यालकुलेटर पाउन सकिन्छ । आफ्नो क्षताको आँकलन पछि कुन, कस्तो र कति मूल्यको कार तपाईले खरिदगर्न सक्नुहुन्छ त्यो पत्ता लाग्नेछ । 

दुई कुरा याद राख्नुस् १ बचत बढाउँदै, नगद भुक्तान गर्दै जानुपर्छ ,२ प्रयोग गर्दै जाने,यदि तपाई यी दुवै विषय एकैसाथ गर्नुहुन्छ भने, तपाईंले नयाँ बजेटको वित्तीय अवस्थाको ख्याल गरेर हजारौं रुपैयाँ बचत गर्नुहुनेछ । जसलेगर्दा कार किन्नको लागि नगद जम्मा हुन्छ । तपाईसँग नगद जम्मा छ भने बैंकलेसमेत सजिलै ऋण पत्याउने छ ।

अब तपाईंको अधिकतम भुक्तानी पत्ता लगाउन बैंकको इएमआई क्यालकुलेटरको प्रयोग गनुहोस् । त्यसपछि तपाईंको क्रेडिटको अबस्था कस्तो छ, नयाँ कारको लागि पैसा कति छुट्यानु भएको छ, यी सबै कुरामा विचार पुर्याउनुस् ।तपाईंले गर्ने भुक्तानी, तपाईको व्यापार र सवारी कर्जा, ब्याज दरहरू र सर्तहरू कसरी तपाईले खर्च गर्ने र त्यसले आफ्नो अन्य कामलाई कसरी असर गर्छ हेरेर निर्णय गर्नुस् । यति कुरा बिचार गरिसकेपछि तपाईले आफ्नो कमाइ र आवस्यकता अनुरुपको मूल्य भएको कार किन्न सक्नु हुने छ ।  

यस्तो छ स्मार्ट अटो फाइनान्सिङ्गको नियम स्मार्ट अटो फाइनान्सिङ्गको नियममा २०/४/१० को अनुपात हो । यस नियमको अनुसार, कार खरिदगर्दा, कम्तिमा २० प्रतिशत डाउन पेमेन्ट राख्नु पर्छ । तर, नेपालमा कार किन्न वा अन्य निजी सवारी साधन किन्न अनिर्वायरुपमा  ५० प्रतिशत डाउन पेइमेन्ट राख्नु पर्ने ब्यवस्था रहेको छ । यदि तपाईले ५० प्रतिशत आफ्नो पुँजी लगाएर कार किन्नु भएको छ भने तपाईको बैंक ऋण नै कम हुन्छ । २० प्रतिशत राख्नुको मुख्य कारण यदि बीचमा तपाइँले कार बेच्नु पर्यो भने कारको मूल्य र तपाईंको ऋणमा सन्तुलन मिलाउन सजिलो होस् भनेर नै हो ।

तपाईले यसरी बैंकलोनबाट कारलाई ४ वर्ष वा शो भन्दा बढीको समयका लागि फाइनान्सिङ गर्नुपर्ने हुन्छ । त्यसका अलावा तपाइँले आफ्नो मासिक खर्च कुल कमाइको १० प्रतिशतको हाराहारीमा राख्नु पर्छ । मुख्यतः ब्याज, बीमा, र अन्य खर्च १० प्रतिशत भित्र आउनु पर्ने हुन्छ । 

२०/४/१० को प्रयोग कसरी गर्ने ?एडमन्ड्सका अनुसार कम्तिमा २० प्रतिशत डाउनपेमेन्ट राख्दा तपाईको आम्दानीमा केही कमि आएपनि एक बर्ष बित्तदा १९ प्रतिशत मात्रै कारको डिप्रिसेसन जानेछ र तपाईलाई किस्ता तिर्न सहज हुने छ । नेपालमा ५० प्रतिशत सुरुमै कारधनीले तिर्नुपर्ने भएकोले निकै सहज रहन्छ ।  २० प्रतिशत राख्नुको मुख्य कारण यदि बीचमा तपाइँले कार बेच्नु पर्यो भने कारको मूल्य र तपाईंको ऋणमा सन्तुलन मिलाउन सजिलो होस् भनेर नै हो । 

ऋणको अवधि चार वर्षभन्दा बढी 

तपाईंले खरिद गर्ने कारको ऋणको अवधि कम्तीमा ४ वर्ष राख्नुहोस् । तपाईंले जति छोटो ऋण भुक्तान अवधि राख्नुहुन्छ त्यति धेरै मासिक रुपमा बैंकको किस्ता बुझाउनु पर्ने हुन्छ । त्यसैले कम्तीमा ४ बर्ष भन्दा बढिको लागि ऋणमा कार किन्दा उपयुक्त हुन्छ ।आयको १० प्रतिशत / यदि तपाईंको मासिक भुक्तानी तपाईंको कुल आएको १० प्रतिशतभन्दा बढी भएको खण्डमा तपाईले गर्ने अरु काममा पैसाको अभाव हुनसक्छ । त्यसैले बीमा, सर्भिसिङ, फियुल जस्ता अतिरिक्त खर्चहरु १० प्रतिशतभन्दा कम राख्नु पर्छ ।(मेरो अटो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार