अस्पतालले भ’र्ना लिन नमान्दा ग’र्भव’तीको मृ’त्यु

विराटनगर विराटनगरको कोशी अस्पतालमा प्रसूति गराउन लगिएकी एक ग’र्भवतीको अस्पतालको ग’म्भीर ला’परवाहीका कारण मृ’त्यु भएको छ । अस्पतालले भ’र्ना लिन नमान्दा घर फर्काएर लगिएको केही बेरमै विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको मृ’त्यु भएको हो । 

प्रसूति व्य’थाले च्या’पेपछि अ’न्तिम अवस्थामा उनलाई श्रीमान शिवु ऋषिदेवले बिहीबार बिहान १ बजेतिर अस्पताल लगेका थिए । बेड खाली नभएको लगायतको जवाफ दिएर कोशीले भ’र्ना लिन अस्वीकार गर्दै घर फर्काइदिएको केही बेरमै विमलाको ज्या’न गएको हो । 

बच्चा ज’न्माउन नसक्दा बिहीबार बिहान ४ बजेतिर महिलाको मृ’त्यु भएको स्थानीय विकेश मुखियाले बताए । ‘प्रसूति व्यथा लागेर बच्चा जन्माउन गा’ह्रो भएपछि अ’न्तिम अवस्थामा अस्प’ताल लगिएको रहेछ,’ उनले भने, ‘तर अस्पतालले पनि भ’र्ना लिएर प्र’सूतिका लागि प्रक्रिया थाल्नु पर्नेमा बेड खाली नभएकोलगायतका बहाना बनाउँदै फिर्ता पठाएछ ।’

उनका अनुसार घर फर्काएर ल्याएको केही बेरमा उज्या’लो हुन नपाइकन व्यथाले च्यापेर छटपटाउँदा छटपटाउँदै महिलाको मृ’त्यु भएको हो । ‘अस्पतालको ला’परवा’हीका कारण ग’र्भमा भएको शि’शुसहित आमाले ज्या’न गु’माउनु पर्‍यो ।

अस्पतालले प्रसूतिका लागि सहयोग नगर्दा बच्चा पनि पेटभित्रै गु’म्यो, ‘ मुखियाले भने, ‘ग’र्भवतीको अवस्था हेरेर पनि सदासयदा नदेखाएर अस्पतालले अमानवीयता प्रस्तुत गर्‍यो । जसका कारण ग’र्भवती महिलाको ज्यान ब’च्न सकेन ।’

उनका अनुसार दुई पटकसम्म श’ल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक श’ल्यक्रिया गर्न नमिल्ने जवाफ पनि अस्पतालले दिएको छ । तेस्रो पटक श’ल्यक्रिया गर्न नसक्ने र बेड खाली नभएको भन्दै अरु अस्पताल लैजान भन्दै कोशीले चै भर्ना लिन अस्वीकार गरेको उनको भनाइ छ ।

पारिवारिक आर्थिक अ’वस्था क’मजोर भएको ऋषिदेव परिवारले ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको स्थानीयले बताए । सुनसरीको दुहवी घर भएका शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए । 

‘पारिवारिक आर्थिक अवस्था कमजोर थियो । त्यही कारण अस्पतालले भ’र्ना लिन अस्वीकार गरेको हुनसक्छ, ‘मुखियाले भने, ‘मृ’त्युपछि श’व उठाउँदा लाग्ने खर्च गर्ने पैसा पनि मृ’तकका परिवारसँग भएन । प्रसूति गराउन लगिएकी गर्भवतीले उपचारनै नपाएर ज्यान जानु एकदमनै दुःखद् हो ।’

स्थानीय अक्षय सहनीका अनुसार मृतकका ९ र ३ वर्षका दुई छोरी छन् । अढाई वर्षका भएका एक छोराको दुई वर्षअघि बस्ता खोलामा डुबेर मृ’त्यु भएको उनले बताए । सहनीले प्रसूति व्य’थाले च्या’पेपछि अस्पताल पुर्‍याए पनि बेड खाली नभएकाले अर्को अस्पताल लैजानु र तेस्रो पटक श’ल्यक्रिया गर्न नसक्ने भनेर फिर्ता पठाउँदा बच्चा जन्’माउन नसकेर महिलाको मृ’त्यु भएको बताए ।

अर्को अस्पताल लैजान पैसा नभएपछि ग’र्भवतीलाई घर फर्काएर खर्चको जोहो गर्नेतर्फ परिवारका सदस्य लाग्दै गर्दा महिलाले मृ’त्युवरण गर्नु परेको सहजीले बताए । दा’हसंस्कार गर्ने पैसा नहुँदा मृ’तकको श’व घरबाट उठ्न नसक्ने अवस्था भएपछि प्रदेश सांसद एवं नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सहयोग गरेका थिए । कार्कीले पैसा र आवश्यक सरसामानको सहयोग गरिदिएपछि श’वको अ’न्त्येष्टि भएको जानकारी सहनीले दिए । 

प्रदेशसभा सदस्य कार्कीले दुई पटकसम्म श’ल्यक्रिया गरिएका कारण तेस्रो पटक गर्न नमिल्नेभन्दै कोशी अस्पतालले प्रसूतिको अन्तिम अवस्थामा ग’र्भवतीलाई फर्काइदिएको बताए । घ’टनापूर्व आफूसमक्ष जानकारी नआएको बताउँदै उनले कोशीले फर्काइदिएपछि आर्थिक रुपमा विपन्न ऋषिदेव परिवारले अर्को अस्पताल लैजान रकम जोहो गर्दै गर्दा दुःखद् घ’टना भएको जानकारी दिए । 

सरकार र प्रशासनले बि’रामीको उपचार गर्न निजी तथा सरकारी अस्पताललाई निर्देशन दिएको भए पनि उपचार नपाएर सर्वसाधारणले अकालमा ज्या’न गु’माइरहने अवस्था आउँदा सरकार कहाँ छ भनेर कार्कीले प्रश्न गरे । पैसा अभावमा अ’न्त्येष्टि गर्न लैजान नसक्दा बिहानैदेखि घरमा श’व रहेकोभन्दै उनले दा’हसंस्’कारको सबै काममा सहजीकरण गरिदिएको बताए । 

‘प्रसूति व्य’थाले च्या’पेर अस्पताल लैजाँदा पनि उप’चार नपाएर गर्भवतीले मृत्युवरण गर्नुपर्ने अवस्था आउनु एकदमनै दुःखद् हो, ‘कार्कीले भने, ‘यसरी धेरै सर्वसाधारणले उपचार नपाएर जीवन त्यागिरहँदा स्वास्थ्य उ’पचारको अवस्था कस्तो छ भन्ने उजागर भएको छ ।’ आर्थिक अभाव हुँदा र अस्पतालले उपचार गर्न नमान्दा सर्वसाधारणले ज्या’न गु’माउने अवस्था आइरहँदा पनि अ’स्पताललाई का’रबाही गर्नुको साटो सरकार रमिते बनेर बसिरहेको उनको आ’रोप छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका ग’र्भवती महिलाहरुलाई अस्पतालले फिर्ता नपठाउने र तत्काल भर्ना लिएर उपचार गर्ने गरेको बताए । ‘यदि कसैले फिर्ता पठाएर ग’र्भवतीको मृ’त्यु भएको रहेछ भने छानबिन गरेर कार’बाही गर्छु, ‘उनले भने, ‘प्रसूतिका लागि ल्याइएका महिलालाई फिर्ता पठाउनु गम्’भीर लाप’रबाही र ग’ल्ती हो ।’ दासले ग’र्भवती र प्रसूति गराउन ल्याइएकाको उपचारमा कुनै पनि कम’जोर हुन नदिने अस्पतालको नीति रहेको उल्लेख गरे ।(अन्नपुर्ण पोष्ट बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार