कोरोनाबाट थप ५ जनाको मृ’त्यु : मृ’तकको संख्या ३२२ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृ’त्यु भएको छ। योसँगै मृ’तकको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
जागेश्वर गौतमले जानकारी दिए। 

महिलासहित ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। मोरङकी ४० वर्षीया महिला,महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष,काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

पछिल्लो २४ घण्टामा १४ सय ५४  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ९१९  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।

१४ हजार ९२५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार ६३४ रहेका छन् भने संस्थागत आ’इसोलेसनमा ८ हजार १९१ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन्। 

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२  पुगेको छ। यो ७१ प्रतिशत हो। यस्तै आइसीयूमा १७० जनाको उपचार भइरहेको छ भने २५ जना भेन्टिलेटरमा छन्। 

यस्तै सुनसरी,सर्लाही,काठाडौं,चितवन र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बि’रामी छन् भने सोलुखुम्बु, मनाङ मुस्ताङ म्याग्दी डोल्पा मुगु हुम्ला संक्रमितको शू्न्य संख्या रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार