आमा दिल्लीमा द लालको फ न्दामा, यता बाबुले मृ त्युको बाटो रोजे,भो कमरिले लियो ज्या न

विराटनगर : मोरङको सुन्दरहरैंचा नगर पालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अ लपत्र परेकी छन्। वैदेशिक रोजगारीमा जान खोजेकी उनी दलालको चुंगुलमा फस्दा सात महिनाअघि दिल्ली पुर्‍याइएकी हुन्। को रोना क हरसँगै दिल्लीमा अ लपत्र परेकी उनले अहिलेसम्म घर फर्कन पाएकी छैनन्। राम्रो कमाई हुने प्रलोभन देखाएर कुवेत लैजाने भन्दै दलालले उनलाई दिल्लीमा पुर्‍याएर अ लपत्र पारिदिए।

दिलमायाको उ द्धार हुन सकेको छैन। पैसा कमाउने र परिवारलाई सुखसयलमा राख्ने सपना बोकेर विदेश हिँडेकी उनी दिल्लीबाट नेपाल आउन खोजिरहे पनि सकिरहेकी छैनन्। लगेका पैसा पनि सकिएपछि बेखर्ची बनेको र उनलाई दिल्ली पुर्‍याएर अ लपत्र पार्ने एजेन्ट पत्ता लाग्न नसकिरहेको स्थानीय कुमार मिजारले बताए।
यता सन्तानको रेखदेख गर्ने जिम्मेवारी लिएर घरमा बसेका ४७ वर्षीय श्रीमान अशोक दर्जीले पनि श्रीमतीलाई दिल्ली पुर्‍याएर अ लपत्र परेको खवर थाहा पाए। मजदुरी गरेर  परिवार धान्दै आएका उनले सल्लाहमै श्रीमतीलाई पैसो कमाउन विदेश पठाएका थिए। सुकुम्बासी बस्तीमा बसोबास गर्ने उनको आफ्नो जग्गा जमिन छैन। ज्यालामा निर्माणको काम गरेर सन्तानलाई पाल्दै आएका उनको पनि यता को रोनाले काम खोसिदियो। ‘दिल्लीमा श्रीमती अ लपत्र परेको तनावसँगै मजदुरी रोकिएर घरमा आम्दानीको बाटो बन्द भएपछि कमाएर खुवाउन नसक्दा परिवारमा भो कमरी सुरु भयो,’ मिजारले भने, ‘त्यही त नावका कारण उनले मृ त्युको बाटो रोज्दा अहिले सन्तानको कन्तवि जोग भएको छ

दुई छोरी र एक छोराको भोक टार्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचेका उनले लामो समय काम नखुल्दा भोकले छोराछोरी छ टपटाउन थालेसँगै भो कमरी सहन नसक्दा मृ त्युको बाटो रोजे ।

आफ्नो र सन्तानका लागि पाँच महिनासम्म संघर्ष गरेका अशोकको श व गत मंगलबार डोरीको पा सो लगाएर झु न्डिएको अवस्थामा भेटिएको थियो। त्यसअघि अशोकले दुई छोरी र एक छोराको भोक टार्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचेको मिजारको भनाइ छ। उनका अनुसार ठेला चलाउने दर्जी त्यो बेचेर निर्माणको काममा मजदुरी गर्न थालेका थिए। तर काम ल कडाउने रो किदियो। काम नखुल्दा खुवाउन नपाएर भोकले छोराछोरी छ टपटाउन थालेसँगै भो कमरी सहन नसक्दा उनले मृ त्युको बाटो रोजेको स्थानीय बताउँछन्।

१२ वर्षीय छोरा उनको कि रियामा बसेका छन्। ‘आमा दिल्लीमा अ लपत्र परेको अवस्थामा यता बाबुले मृ त्युको बाटो रोजे,’ मिजारले भने, ‘अहिले १२ वर्षीय नाबालक छोरा बाबुको कि रिया गरिरहेका छन्।’ उनका अनुसार आमा दिल्लीमा अ लपत्र परेको र बाबुले मृ त्युको बाटो रोज्दा १२ वर्षका छोरा, १४ र १७ वर्षीया छोरीको बि चल्ली भएको छ। २० वर्षीया छोरीको बिहे भइसकेको छ। छोरीमध्ये पनि माहिली शारीरिक रुपमा अ पांगता छिन्।

‘अशोकको आ त्मह त्या सुनेर घरमा पुग्दा श वलाई ओढाउने का त्रो किन्ने पैसा पनि रहेनछ,’ मिजारले भने, ‘हामीले पैसा सहयोग उठाएर पोस्टमार्टमका लागि पठाउँदै श वको दा हसंस्कार गरिदियौं।’ अति नै विपन्न परिवारका छोराछोरीले मागेर पनि गुजारा चलाउने गरेको पाइएको उनले बताए। छोरा र छोरी अहिले बाबुको काममा छन्। मृ त्यु संस्कारमा बसेका उनीहरुलाई कि रिया खर्चका लागि गाउँले र केही संघ संस्थाले रकम उठाएर सहयोग गरिरहेको मिजारले बताए।
पी डामा आ त्मह त्याको बाटो रोजेका अशोकको पारिवारिक आर्थिक अवस्था एकदमै नाजुक रहेको वडा अध्यक्ष राजेन्द्रबहादुर थापाले बताए।

‘उता श्रीमतीलाई विदेश पठाउने भनेर द लालले दिल्लीमा अ लपत्र परिदिए। यता मजदुरी गरेर कमाई खाने बाटो पनि बन्द भएपछि परिवारमा भो कमरी सुरु भयो,’ थापाले भने, ‘त्यही पी डा सहन नसकेर आ त्मह त्याको बाटो रोजेको जस्तो छ। मृ तकको कि रियाका लागि केही व्यक्ति र संघ संस्थाले सहयोग गरिरहेका छन्।’
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले घ टना हेर्दा आ त्मह त्या गरेको जस्तो देखिने बताए। ‘डोरीमा झु न्डिएको अवस्थामा मृ त फेला परेका कारण अ नुसन्धान भइरहेको छ,’ उनले भने, ‘पोस्टमार्टम रि पोर्ट आउन बाँकी रहेकाले घ टना यकिन हुन सकिरहेको छैन।’

स्रोत- अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार