क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

नेपाल वायुसेवा निगमको वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै जहाज उडाएका भारतीय मूलका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि भाइरस संक्रमण पुष्टि भएको छ।

निगमका स्रोतका अनुसार काठमाडौंबाट जाँदा २ सय ५० र उताबाट फर्कंदा पनि २ सय ५० हाराहारी नेपाली सेना जहाजमा सवार थिए ।

काडमाडौं फर्र्किपछि क्याप्टेन लामा र कोल्हात्करसहित सबै क्रु मेम्बरको हिजो आइतबार पिसिआर परीक्षण गरिएको थियो।

पिसिआर रिपोर्ट पोजिटिभ आएपछि क्याप्टेन लामा र कोल्हात्कर अहिले काठमाडौं सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टीमा आइसोलेसनमा बसिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार