सलमान खानलाई अ दालतमा पेश हुन आदेश

एजेन्सी, ३० भदाै । बलिउड अभिनेता सलमान खानलाई हरिण शि कार गरेको केसमा जोधपुरको अदालतमा उपस्थित हुन वकिलले आदेश दिएका छन् । राजस्थानको जोधपुर जिल्लाको अदालतले सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो ।

सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हा तहतियार सम्बन्धि मु द्दाको सु नुवाई पूरा हुन नसकेपछि सलमानलाई अर्को सु नुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको हाे ।
अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शि कार गरेको आ रोप लागेको थियो । यो मामिलामा लामो का नूनी प्रक्रियापछि अदालतले सलमानलाई दो षी ठहर गर्दै पाँच वर्षको स जाय सुनाएको थियो ।

यद्यपि, यसका सह आ रोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । स जाय सुनाइएपछि सलमानलाई जे ल पठाइएको थियो । हाल उनी ज मानतमा बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयलाई चु नौती दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार