नेपालमा  भुकम्प, चि’च्याउँदै मान्छेहरु घरबाहिर निस्किए, काठमाडौँ देशभर ठुलो ध’क्का(भिडियो)

आज बिहानै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ राम्चे आसपास केन्द्रबिन्दु भएर गएको ६ रिक्टर स्केलको भुकम्पले हालसम्म कुनै ठुलो क्ष’ती भएको छैन । बिहानै गएको भुकम्पमा स्थानीयको भा’गदौड भने म’च्चिएको थियो । बिहानै भु’कम्प गएपछि बजार क्षेत्र सहित गाउँ–गाउँमा समेत स्थानीय घर छाडेर बाहिरीएका थिए ।

भा’गदौडका क्रममा राष्ट्रिय बाणिज्य बैंक जलविरे शाखाका एक कर्मचारी सामान्य घा’इते भएका छन् भने जिल्ला कारगार कार्यालयमा रहेका एक कैदी पनि सामान्य घा’इते भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । भु’कम्प गएपछि कारगारमा रहेका कैदीबन्दीहरुमा भा’गदौड भएको ढकालले बताए । त्यो बाहेक भुकम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा केही घरहरु च’र्किएको स्थानीयले जानकारी दिएका छन् ।

भु’कम्पपछि जिल्लाका चारै सुरक्षा अंगलाई अलर्ट गराइएको प्रजिअ ढकालले जानकारी दिए । नेपाली सेना,सशस्त्र,नेपाल प्रहरी र राष्ट्रिय अनु’सन्धानलाई अर्लटमा राखिएको उनले जानकारी दिए । भु’कम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा नै रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले पनि हालसम्म यस क्षेत्रमा कुनै क्षती नभएको जानकारी दिए ।

पहिरोको जो’खिम क्षेत्र आसपासमा नै केन्द्र बनाएर भुकम्पको कडा धक्का गएपछि पहिरोको जोखिम फेरी बढेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । केही दिन अघि बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कमा आएको पहिरोमा १५ को ‘मृ’त्यु र १६ बे’पत्ता भएका थिए । भुकम्पको केन्द्रबिन्दु भएको राम्चे र घुम्थाङ बिचको दुरी झण्डै ३ किलोमिटर जति मात्रै भएको मेयर शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार