मध्यराति देखि रोनाल्डोले राखे बिश्व कीर्तिमान

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई बराबरी गरेका छन् । युरोपेली च्याम्पियनसिप अन्तरगत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका हुन् । उनले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्दै टोलीलाई २-२ को बराबरीसम्म पुर्याएका थिए ।

रोनाल्डोले यसै युरोमा ३ खेल खेल्दै ५ गोल गरेपछि दाईको कीर्तिमानलाई भेट्टाउन सफल भएका हुन् । उनले १७८ क्यापमा दाईको कीर्तिमान भेट्टाएका हुन् । अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।

अब रोनाल्डोले दाईले राखेको कीर्तिमानलाई यसै युरोमा भंग गर्दै आफ्नो नाममा लेखाउने सम्भावना छ । फ्रान्ससँगको खेलमा २–२ गोलको बराबरीपछि पोर्चुगल ग्रुफ अफ डेथ मानिएको समूहबाट उत्कृष्ट तेस्रो टोलीको रुपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यस्तै रोनाल्डो समूह चरणको तीन खेलमा नै गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । उनले हंगेरीविरुद्ध दुई र जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

उनी जारी युरोमा सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनले ५ गोल गरेका छन् । उनीभन्दा पछि जर्जिन्हो वाइनाल्डम, रोबर्ट लेवान्डोस्की, रोमेलु लुकाकु, इमिल फोर्सवर्ग र प्याट्रिक सिकले समान ३ गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार