चिनले नेपाली भू-भाग मिचेको  छैन : गृहमन्त्री थापा

काठमाडौं,  असोज । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल चीन सीमामा कुनै समस्या नहेको जिकिर गर्नु भएको छ । सीमा रक्षका लागि दार्चुलामा निर्माण भएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरेर फर्किने क्रममा सुर्खेत आइपुग्नु भएका मन्त्री थापाले चीनियाँ पक्षबाट नेपालको भूमि अतिक्रमण नभएको बताउनुभएको हो ।

यसैबीच मृहमन्त्री थापाले सरकारका तर्फबाट मुख्यमन्त्री फेर्ने निर्णय नभएको पनि स्पष्ट पार्नुभएको छ । उहाँले नेकपाको बैठकले केन्द्र र प्रदेशको सरकार पुनर्गठन गर्न निर्देशन भने दिएको बताउनुभयो । यद्यपि सरकारले यसबारे निर्णय गरिनसकेको स्पष्ट पर्नुभयो । प्रकृतिक बिपत्ति सरकार नागरिकको सुरक्षाका लागि कुनै कसुन नराखि काममा लागि परिरहेको बताउनुभयो ।

सरकारले यसका लागि प्रभावितको प्रकृति हेरेर उद्धार, राहत बस्ति स्थान्तरण जस्ता कार्यमा जुटिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार