पूर्व युवराज्ञी हिमानी शाहको आज जन्मदिन, यस्तो छ उनको व्यक्तिगत जीवन

काठमाण्डौं । हिमानी शाहको चर्चा उनको सुन्दरताको कारण पनि हुने गर्दछ । पूर्व राजपरिवारको पछिल्लो समयको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा ब्यस्त छिन् ।पूर्व युवराज पारस शाहसँग उनको बैवाहिक सम्बन्ध त्यति सुमधुर रहेको पाइएको छैन ।

उनको र पारसको सम्बन्धका चिसो आएको समाचार बिभिन्न समयमा मिडियामा आइरहन्छन् । तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्वीरहरु सार्वजनिक हुने गर्दछन् ।

नेपालको राज घराना की पूर्वयुवराज्ञी यिनै हिमानी शाहको आज जन्मदिन परेको छ । आजकै दिन १९७६ मा भारतको राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४५ औं वर्षमा प्रवेश गरेकी छिन् । उनका ससुरा ज्ञानेन्द्र शाह नेपालका राजा रहेको बखत तत्कालिन राजदरवारले उनलाई नेपालकै थापाथलीमै जन्मिएको बताएको थियो ।

३ बच्चाकी आमा भए पनि सदावहार सुन्दरी हिमानी शाहलाई जन्मदिनको अवसरमा उनका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।

उनीहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका रहेका छन् । पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समाजसेवामा ब्यस्त छिन् भने छोराछोरीहरु थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् । पछिल्लो समय हिमानी र उनका छोरीहरुले बनाएको टिकटक पनि भाइरल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार