‘म आमा बन्ने भएपछि पहिलो खबर नै आफूले सुनाउने छु’-आँचल शर्मा

नायिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भैरहेको छ । यही बिषयमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् । उनले शनिवार साँझ इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘हालै, मेरो प्रेग्नेन्सी (गर्भवती) को बारेमा कयौं खबर आए जुन खबर सुनेर म चकित छु । पक्कै पनि, नक्कली समाचारले ध्यान आकर्षित गर्छ र यसले उपेक्षा र अविश्वसनीयता सृजना गर्छ ।

तर, म आफ्ना शुभचिन्तकहरुलाई के स्पष्ट पार्न चाहन्छु कि केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।’आँचलले आफू आमा बन्ने भएपछि पहिलो खबर नै आफूले सुनाउने पनि बताएकी छन् । नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ डेढ बर्ष अगाडि वैवाहिक बन्धनमा बाधिएका थिए ।

यो पनि : आइतबार बिहानैदेखि भएको वर्षाका कारण कञ्चनपुरकाे एक वृद्धाश्रम डुबानमा परेको छ। भीमदत्त नगरपालिका–५ मा बनखेतमा रहेको महिला तथा वृद्धसेवा केन्द्र वृद्धाश्रममा नालाको पानी पसेपछि करिब साढे ३ लाख बराबरको क्षति भएको संचालिका शारदा चन्दले जानकारी बताएकी छिन्।

अहिले वृद्धाश्रम आश्रय लिइरहेकाहरुको बिचल्ली भएको उनले बताइन्। साथै संचालिका चन्दले सहयोग लागि सबैमा आग्रह गरेकी छिन्। 

यो पनि समाचार : युरोकप फुटबलको फाइनल खेल आज राति हुने भएको छ । वेम्बली स्टेडियममा हुने फाइनलमा इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल राति १२ः४५ बजे शुरु हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएका छन् । इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार